भिवानीमा मूल प्रवाहको संयुक्त टोल भेला, तिन समिति गठन

बिकाश ठकुरी ,
भिवानी 29 जुन 2025
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत पर्ने विद्यानगर, बिकास नगर र सेक्टर 13को टोल भेला संयुक्त रूपमा सम्पन्न भएको छ । भेलाले तिनैवटा समिति निर्माण गरेको छ ।

बि.बि.कोपिलाको अध्यक्षता र मनिराम अधिकारीको संचालनमा उक्त भेला भएको थियोे । ज्ञात अज्ञात सहिद प्रति 1 मिनेट मौन धारणा पछि नगर समिति सदस्य चोप बहादुर पाण्डेले उपस्थिति जनमानसलाई मन्तब्यबाट स्वागत गर्नु भएको थियोे ।

केन्द्रिय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिकराम आचार्यको प्रमुख अथिती रहेको थियो, अन्य अथितिमा क्षेत्रीय सदस्य एवं नगर सचिव गोर्वधन बि.क., ,क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी बि,क, विद्यार्थी संघ सदस्य मनिशा परियार हुनु हुन्थ्यो ।
विद्यानगर टोलबाट प्रगति प्रतिवेदन टोल सचीव विकाश मल्लले पढेर सबैमाझ पेश गर्नु भएको थियोे । बिकसनगर टोलबाट श्याम बि.क.र सेक्टर 13 देखि मोहन सिंह बि.क.ले पेश गर्नु भएको थियोे ।भेलामा निम्न अनुसारको टोल समितिहरू गठन गरियो ।

विद्यानगर टोल समिति
अध्यक्ष नारायण परियार उपाध्यक्ष उपाध्यक्षमा नवीन थापा, सचिव बिकाश मल्ल, कोषाध्यक्ष मनिराम अधिकारी, सदस्यहरुमा सोम बहादुर गुरुङ्ग, धन बहादुर सोमै, राजु जि.एम., मुक्त बहादुर सारु, गोबिन्द परियार, धन बहादुर नेपाली, राज कुमार बरम, जुम बहादुर रास्कोटी र एक स्थान रिक्त सहित 13 सदस्यीय समिति गठन भएको छ ।

बिकासनगर टोल समिति
अध्यक्ष श्याम बि.क., उपाध्यक्ष गोविन्द बि.क., कोषाध्यक्ष प्रकाश के.सी.सचीव भूप बहादुर थापा क्षेत्री, सदस्यहरुमा राजु सोनी, लोक बहादुर बलाल, बिष्णु जि.सी., तुल बहादुर गाहा सहित एक स्थान रिक्त राखी 9 सदस्य को समिति गठन भएको छ ।

सेक्टर 13 टोल समिति
अध्यक्ष मनोज शर्मा, उपाध्यक्ष अमित, कोषाध्यक्ष मोहन सिंह बि.क., सचीव सतिस नेपाली, सदस्यहरुमा मान बहादुर रायमाझी, हरि सारी, सुरेन्द्र सिंह ठकुरी, पदम सिंह ठकुरी, बिशाल नेपाली, प्रकाश सिंह ठकुरी, पाशाङ्ग सेपा, बिष्णु जि.सी., सहित एक स्थान रिक्त गरि 13 सदस्य को समिति गठन गरेको छ ।

भेलामा प्रमुख अतिथी सालिकराम आचार्यले देशको अवस्था र राजमोले संचालन गरेको राष्ट्रियता, गणतन्त्रको रक्षाको चलाएको आन्दोलनबारे प्रकास पार्दै अहिले अवसरवादीहरू र पुर्नउस्थानवादीहरू नेपाली जनतालाई मूूर्ख बनाई सत्तामा जाने प्रयास गरेकोमा हामी सबै सचेत हुनु पर्ने धारणा राख्नु भयो ।
भेलामा अथितीहरूले नवनिर्वाचित टोल समितिलाई बधाई तथा कार्यकालको शुभकामना दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार