
(तिज विषेश)
विष्णु शर्मा, पाण्डेचेरी
सबै माझ आएकी छु एउटा गित लिएर ।
सुन्नुहोला सबैले ध्यान दिएर।।
एउटा कुरा बुझे मैले, प्रदेशमा बसेर ।
पैसा दियो बिदेशले, हासो खोसेर।।
चाडँवाडको बेलामा, सबको मन अमिलो ।
दायाँ बाया दिदीबहिनीलाई, देख्छु धमिलो।।
देशभित्र चाडँवाड, महङ्गा भए आजकल ।
दुख भयो एक अर्काको, गर्दा नक्कल।।
खर्च गर्न छाडी सकेउ, आफ्नो खल्ती हेरेर ।
तेसै युवा गएका छैनन्, देश छोडेर।।
सरकारी जागिर छाडी, बिदेश गए कति त
उहाँ पनि खुशी छैनन्, खोजे जति त।
चाँडै पिच्छे गहना र कपडाको रास छ ।
घरमा एउटा सन्तान छ, उसकै आशा छ।।
12 पास कहिले गर्ला, बस्नु पर्ने कुरेर ।
कैले बिदेश जालानी, भाषा पढेर।।
17 बर्षे उमेरमै, काम गर्दै पढ्ने हो ।
पराइ देशमा अभिभावक, आफै बन्ने हो।
तनाव सहन नसकेर, कति घटे घटना ।
यो कुराको हुनुपर्यो, सबलाइ रटना।।
जिम्मेवारी सुम्पन्छौ, परिपक्व नहुदै ।
समस्याले दस्तक दिन्छन्, ठाउमा नपुदै।।
आफूसंग जति छ, त्यसैमा रमाउन ।
टाढा बसी सकिदैन, खुशी कमाउन।।
बा आमाका निला ओठ मुख, सन्तानको पिरले ।
त्यो पिडालाई बिदेशको क्यारो हिराले।।
एक जोर कपडा फेथ्र्यो, पहिले एक बर्षमा ।
आटो पिठो खाएरनी, थियौ हर्षमा।।
अब त्यही मानसिकता हामीले नी बनाउन ।
बाध्यता नपरी बिदेश नजाउ न।।















