
नयाँ दिल्ली, 23 जुलाई 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तरगत संचालित मध्य दिल्ली एरिया सदस्य मन्जु रायमाझी एवं बसन्ता थापाको पहल कदमी केन्द्रिय सल्लकार ठाकुर खनाल र नगर सचिव विष्णु खनालको विषेश उपस्थितीमा नेपाली महिला दिदी बहिनीको भेला भयो । भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लक्ष उद्धेश्य र संगठनात्मक पद्वतीबारे चर्चा परिचर्चा भयो । त्यस पछि गिता पौडेलको अध्यक्षतामा 15 सदस्यीय मस्जीतमोठ समिति गठन गरियो । जसमा उपाध्यक्ष बसन्ता थापा, सचिव सचिव सबु खनाल, सहसचिव संगिता मरासीनी, कोषाध्यक्ष राधिका बन्जाडे, सदस्यमा मन्जु रायमाझी, मनकला केसी, शारदा भाट, मिना गैरे, गोमा खत्री, अस्मीता पाण्डे, शान्ता भाट, शान्ता खत्री, बिमला रायमाझी एक स्थान रिक्त रहनु भएको छ ।















