
नई दिल्ली, 3 अगस्त 2025,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तरगत संचालित दक्षिण एरियाको साबित्री नगरमा माया कुवरको पहल कदमीमा नेपालीहरूको भेला सम्पन्न भयो । भेलामा केन्द्रिय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय सचिव शिव केसी, केन्द्रिय सल्लाहकार बिन बहादुर कुवर, क्षेत्रीय सदस्य तथा नगर सचिव विष्णु खनाल, पुर्वोत्तर क्षेत्रीय सदस्य तथा लार्डरूम्बाई नगर अध्यक्ष हरि केसी, महिला विभाग सदस्य मिना खनालको विषेश आतित्थ्यता रहेको थियो ।
मायाॅ कुवरको अध्यक्षता र कमला केसीको संचालनमा अगाडी बढेको भेलामा संगठनको आवश्यकता, बिधान र घोषणा पत्रबारे प्रशिक्षण गएिको थियो ।
भेलाले कमला केसीको अध्यक्षतामा 11 सदस्यीय साबित्री नगर टोल समिति गठन गरेको छ । जसमा सचिव तुलसा भुसाल, कोषाध्यक्षमा सरस्वता शर्मा, सदस्यहरूमा रेश्मा अधिकारी, सोभा बिसी, जमुना पंथी, मायाॅ कुवर, सिता पोख्रेल, बिमला शर्मा, शान्ता कुवर, मायाॅ भसाल रहनु भएको छ ।

















