क्यान्सर पीडितको परिवारलाई सहयोग

विष्णु बिसी, फरिदाबाद
4 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिले क्यान्सर पीडितको परिवारलाई सहयोग गरेको छ ।
शुक्लागण्डकी वडा नम्बर 10 छब्दी तनहुँ नेपाल घर भई हाल मकान नम्बर 1937 आजाद नगर सेक्टर 24 मुजेसर फरीदाबादमा बस्ने विष्णु कुमार सुनार क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । वहाको उपचारको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिले सहयोग जुटाउने प्रयास गरेको थियो । उपचारको क्रममा वहाॅको दुखद निधन भएको छ । वहाको निधन पछि उठेको सहयोग वहाका बुवा चुमबहादुर सुनारलाई रु 16,551 भारू (26482 नेपाली रूपैया बराबर) आर्थिक सहयोग गरेको छ। सो रकम नगर अध्यक्ष विष्णु बिसी सहित समितिका कार्यकर्ताहरूको बिच केन्द्रिय सल्लाकार रमेश चन्द क्षेत्रीले हस्तान्तण गर्नु भएको थियो ।

फरिदाबाद नगर समिति उहाँ प्रति श्रद्धान्जली प्रकट गर्दै र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै सम्पूर्ण सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार