बहुबिवाहा कानुनलाई, गरौ बहिस्कार

  • तीजको गित
  • तीजको गित
    सोनु थापा, (भोपाल)
    एउटा कुरा भन्छु मैले, सुनौ सबै नारी हो,
    हाम्रो देशको कानुन, हाम्लाई भारि भो ।
    बाट्नै पर्ने सिन्दुर मेरो, थिएननी रहर,
    के के सुन्दै छु आज मैले, नौलो खबर ।
    संसदमा नेताहरु, कुर्चि टेबल हल्लाउँदै,
    पुरुषलाई दुई बिहेको, कानुन बनाउदै ।
    बुझ्न अझै सकियन, यो देशको कानुन,
    ज्वालामुखी  फुटे झै, भयो यो मन ।
    बलात्कारी बचाउन, भित्रि चाल चल्दैछ,
    बहुबिवाहा छुट दिने, कानुन बन्दैछ ।
    मझेरीका नारी सबै, मैदानमा उत्रन,
    यस्तो कानुन आउछ भने, हुन्न सहन ।
    युगौं देखि नारी माथि, हिंसा कम्ति थिएन,
    आज पनि शिर उठाई, जिउन दिएन ।
    नेता ज्युले गर्नु हुन्छ, कुर्ली कुर्ली भाषण,
    अझै बढी हुने भो, नारी शोषण ।
    उठौ चेलि गर्ने पर्छ, सरकारलाई खबरदार,
    बहुबिवाहा कानुनलाई, गरौ बहिस्कार ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार