जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा केसी र महासचिवमा गौतम

मेघराज सापकोटा ##

ओसाका । जापान नेपाली एकता समाजको तेश्रो राष्ट्रिय सम्मेलन ओसाका अवेनो वेरुता हलमा भव्य रुपमा सम्पन्न भएको छ ।

जापान नेपाली एकता समाजका संस्थापक उपाध्यक्ष यामलाल सापकोटाको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो ।

प्रमुख अतिथि सापकोटाले उद्घाटन मन्तव्यमा यतिवेला राष्ट्रियता माथि नै छिमेकी दुई साम्राज्यवादी मुलुकहरूले हस्तक्षेप गरेको बताउनु भयो ।

‘हालै भारत र चीनले लिपुलेक, लिम्पीयाधुरा र कालापानीलाई नेपालको स्वीकृती विना नै व्यापारिक नाका बनाउने सहमति गरेका छन्, त्यो सरासर नेपालको भौगोलिकता माथिको आक्रमण हो’ सापकोटाले भन्नु भयो– ‘लिपुलेक, लिम्पीयाधुरा र कालापानी नेपालको अभिन्न अंग हो ।’

कावा अध्यक्ष डण्ड केसीको सभापतित्व र महासचिव तेजेन्द्र क्षेत्रीको सञ्चालनबाट अगाडि बढेको सम्मेलनको उद्घाटन शत्रमा सहभागिहरूलाई समाजका उपाध्यक्ष गेपाल सापकोटाले स्वागत गर्नुभएको थियो ।

सम्मेलनमा सल्लाहकार भिम केसी, नन्दु शर्मा, रक्तिम सांस्कृतिक अभियान जापान अध्यक्ष टिका केसी, उपाध्यक्ष रेनु गुरुङ, क्षेत्रीय समिति कान्तोका अध्यक्ष गोम वुढाथोकी, क्षेत्रीय समिति कान्साई अध्यक्ष भुवन सापकोटा, केन्द्रीय सदस्य हेमलाल गौतम, लिला परियार, भक्त सापकोटा, मन बहादुर सलामी, पत्रकार मेघराज सीपकोटा लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सम्मेलनलाई यामलाल सापकोटा, भिम केसी, टिका केसी, रेनु गुरुङ, मनवहादुर सलामी, मेघराज सापकोटा, भुवन सापकोटा, गोम वुढाथोकी लगायतले शुभकामना दिनुभएको थियो ।

त्यस्तै जापान नेपाली एकता समाजका निवर्तमान अध्यक्ष शालिकराम सापकोटा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेल, कुवेत नेपाली एकता समाजका खुम रायमाझी, ओमान नेपाली एकता समाज– छविलाल वस्नेत, साउदी अरब नेपाली एकता समाज– खुमराम भण्डारीलगायतले लिखित शुभकामना पठाउनु भएको थियो ।

सम्मेलनले डण्ड केसीको अध्यक्षतामा २२ पूर्ण र नौ सल्लाहकार गरि ३१ सदस्यीय जापान नेपाली एकता समाज चयन गरेको छ ।

जसमाः उपाध्यक्ष– तेजेन्द्र क्षेत्री, उपाध्यक्ष– नारायण कंडेल, उपाध्यक्ष– गोपाल कृष्ण सापकोटा, महासचिव– धनराज गौतम, सचिव– प्रदिप विक, सचिव– हेमलाल गौतम, केषाध्यक्ष– छन्द सापकोटा, सदस्यहरुमा क्रमशः रेनु गुरुङ, ऋषी पौडेल, नारायण ज्ञावाली, नविन वस्याल, गोम वुढाथोकी, भुवन सापकोटा, गंगाकाजी थापा, दयाराम सुवेदी, रमेस केसी, रुद्र न्यूरे, उमेश न्यूरे र टिका केसी रहनुभएको छ । त्यस्तै सहकोषाध्यक्ष र एक पूर्ण सदस्यको स्थान रिक्त राखिएको छ ।

त्यस्तै सम्मेलनले यामलाल सापकोटा, यामलाल सापकोटा, भिम केसी, नन्दु शर्मा, गोपाल सापकोटा, लिला परियार, कमल कार्की, केशव सापकोटा र मन वहादुर सलामीलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार