
भिवाडी, 24 अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिले 2082 सालको प्रगतिशील तिजी कार्यक्रम हिजो आईतवार 24 अगस्त 2025का दिन भव्य रूपमा सम्पन्न भएको छ।
“प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी सङ्गठित बनौ” भन्ने मूल नाराका साथ सम्पन्न भिवाडी नगरको समितिको तिजी समारोहको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एंव पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिक राम आचार्यले दिप प्रज्वलित गरेर गर्नु भएको थियो।
केन्द्रिय सदस्य कृष्टी राई, क्षेत्रीय कोषाध्यक्ष राम प्रसाद घिमिरे, क्षेत्रीय सदस्य क्रमशः राम बहादुर थापा, काजीराम श्रेष्ठ र देब राज पुन, निमराना नगर समितीबाट पुर्ण भन्डारी , अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्ष सृष्टि राई, बिद्यार्थी संर्घ क्षेत्रीय समितिबाट रानी थापा, मूल प्रवाह नगर अध्यक्ष नारायण शर्मा, नगर कोषाध्यक्ष किशोर राई, उपसचिव अर्जुन परियार, महिला नगर बिभागबाट सीता पान्डे, धारुहेडा एरिया समितिबाट ध्रुव थापा, नगर खेल बिभागबाट डम्बर केसी, धौलागिरी आपतकालीन सन्चयकोषका संस्थापक जित बहादुर परिवार र फलफुल बितरण ब्यबस्थापन समितीबाट क्षेत्र परियार लगायतको आतिथ्य रहेको थियो।

रेखा खड्काद्वारा संचालन भएको सो तिजि कार्यक्रमको अध्यक्षता महिला बिभागका संयोजक सबिता खत्रीले गर्नु भएको थियो भने उपस्थित जनसमुदायलाई बिभागका सदस्य निकिता शर्माले स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो भने सांस्कृतिक कलाकारहरु द्वारा संगीत मार्फत पनि स्वागत गर्नु भएको थियो। समारोहमा दिनभर महिला दिदिबहिनीहरुले प्रगतिशील तिजका गित तथा नृत्य प्रस्तुति दिनु भएको थियो ।
















