
विकश मल्ल ठकुरी
भिवानी २६ अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील तिजि कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न भएको छ ।
राधा बिकको अध्यक्षता र बिमला जिसीको संचालन रहेको सो कार्यक्रममा मूल प्रवाह केन्द्रिय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष सालिक राम आचार्यको प्रमुख अतिथ्यता रहेकोे थियो । अन्य अतिथिहरुमा केन्द्रिय समता बिभाग सदस्य मोहन सिंह बिक, क्षेत्रीय सदस्य गोर्वधन बिक, क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी बिक, नगर अध्यक्ष डिल बहादुर भट्टराई तथा नगर सहसचिव मनिराम अधिकारी रहनु भएकोे थियोे ।
सहिद प्रति एक मिनेट मौन धारणा गरि श्रद्धान्जली प्रकट गरियो । कार्यक्रममा सहभागीहरूलाई अमृता बिकले शब्द र कलाकारहरुबाट गित संगीतले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथी सालिकराम आचार्यले मैनबत्ती प्रज्जवल गरि उद्घाटन गर्नु भयो । वहाँले आफ्नो मन्तब्यमा सहित मन्तव्य राख्नु भएको थियो । तिज हाम्रो मौलिक परम्पराको साथै यसले पुरूष प्रधान समाजमा तिजको अवसरमा सिमित रूपमा भए पनि खुलेर बोल्न पाउने वातावरण दिएको हुदा यसको प्रगतिशिल महत्व छ र यसलाई जगेर्ना गर्नुको पर्दछ । तर अहिले तिजको नाममा व्यापक विकृती आएको छ । असारैबाट दर खाने नाममा मदिराको भेल सहितका भोज भतेर, छाडा उत्ताउला गित, गरगहना महगंा लुगाहरूको प्रर्दशनले महिलाहरूको पिर मर्काका गित गाउने परचलनलाई ओझेलमा पारेको छ त्यसले तिजको महत्वमाथी नै प्रश्न उठ्न थालेको छ । हामी तिजको मौलिकता जोगाउदै तिजलाई महिला अधिकार र समानताको आन्दोलनको रूपमा मानाउनु पर्दछ भन्नु भयो ।
कार्यक्रममा भिवानीका संस्थापक सदस्य बिबि कोपिला र मणी राम अधिकारीले तिजको शुभकामना दिनु भएको थियो ।
















