आगरामा मूल प्रवाहको तीजी कार्यक्रम भव्य रूपमा सम्पन्न

आगरा 26 अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति र महिला विभाग आगराद्वारा आयोजना तिजी कार्यक्रम गरिएको भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष श्री सतेन्द्र र संचालन लाखन परियारले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य ध्रुव शाह हुनुहुन्थ्यो । अन्य अतिथीहरूमा केन्द्रीय पार्षद श्री रामबहादुर केसी, महिला क्षेत्रीय विभाग सदस्य तज्ञिा नगर संयोजक देवी शाह, पूर्व अध्यक्षहरू प्रकास शर्मा, पुरन चन्द सोनी, नगर सदस्य दिनानाथ थापा आदी हुनुहुन्थ्यो ।

ज्ञात र अज्ञात सहित हरेक दिन एक मिनेट मौन धारण गरि श्रद्धान्जली दिइएको थियो । कार्यक्रममा सहभागीहरूलाई प्रकाश शर्मा स्वागत भाषण गरि स्वागत गर्नु भएको थियो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथी धु्रव शाहले दीप प्रज्वलन गरेर गर्नु भयो । उद्घटनकोक दौरानमा सम्पूर्ण अतिथीहरूले उठेर साथ दिनु भएको थियो ।

वहाँले आफ्नो उद्घाटन मन्तब्यमा भन्नु भयो । “मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना सन 1979 मा भए देखिनै यसले नेपाली भाषी जनताले भोग्नुपरेका समस्याहरू समाधान गर्न अग्रसर छ । भारतमा रहने सबै नेपालीहरू जो कोही भए पनि संगठित हुन आवश्यक छ । हामी संगठित भएर नै हामीमा आई पर्ने समस्याको समाधान गर्न सक्छौं । मूल प्रवाह नेपाली एकता समाजको उद्धेश्य भारतस्थित नेपालीहरूहरूको हक-हित र सामाजिक सुरक्षाको लागि काम गर्नु हो साथै यसले दुबै देशका जनताको परापमर्व काल देखि चलिए आएको मित्रतालाई अझ सुदृढ बनाउने हो । कतिपयले नेपालीहरूमा भ्रम पारि हामीहरूको एकतालाई कमजोर पार्ने दुस्प्रयास गरेकाछन् । तर सचेत जनताले त्यसप्रकारका गतिविधीहरूलाई असफल पार्ने छन् ।”

कार्यक्रमा राम बहादुर केसी, पुरनचन्द सोनी, दिनानाथ थापा, कालुराम उडाले, मिन बहादुर, सेर बहादुर, धन बहादुर लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा आगराका नेपाली दाजुभाईहरूको बाक्लो उपस्थिती रहेको थियो , सबैले मौलिक रूपमा गित नृत्य प्रस्तुत गरि रमाईलो गरि तिज मनाए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार