पूरानो दिल्ली प्रगतिशिल तिजी कार्यक्रम 2082 भव्यरूपमा सम्पन्न

दिल्ली 26 अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज  दिल्ली नगर समिति अन्तर्गत महिला विभागद्वारा आयोजन गरिएको प्रगतिशिल तिजी कार्यक्रम 2082 भव्यरूपमा सम्पन्न भएको छ । कार्यक्रम अध्यक्षता महिला नगर संयोजक बबिता रोकाह मगर संचालन नगर सदस्य बोम बहादुर बिकले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तिलक पाण्डे अन्य अतिथीहरूमा क्षेत्रिय सदस्य रामु धमाल नगर समितिका अध्यक्ष सुनील थापा नगर सदस्यहरू एम पी हिताङ्ग, हरि ज्ञवाली हुनु हुन्थ्यो । सहभागी सबैलाई सपनाले स्वागत भाषणबाट रक्तिम कलाकारले गित संगितबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा कलाकारहरूले जनवादी गित र नित्य प्रस्तुत गर्नु भएको थियो भने मलिा दिदी बहिनीहरूले मौलिक तिजीरूपमा तिजका गित गाएर नृत्य गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार