महाराष्ट्रको पुना पूर्वमा प्रवाहको तिजि कार्यक्रम सम्पन्न ।

पुना (महाराष्ट्र) 26 अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समितिको आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नगर महिला विभाग संयोजक कबिता शर्मा र संचालन दिपक अवस्थीले गर्नु भएको थियो । कार्यक्रमा प्रमुख अतिथी केन्द्रिय सचिवालय सदस्य गोबिन्द बहादुर थापा र अन्य अतिथीहरूमा मध्य पश्चिम क्षेत्रीय समितिका सदस्य धन बहादुर बिक, पुना पूर्व नगर उपाध्यक्ष जनक भूल, सचिव अरूण ताम्रकार र कोषाध्यक्ष चक्र बिक हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भन्नु भयो नेपाल विविध संस्कृतिको देश हो सबै संस्कृतिहरू हाम्रा धरोहर हुन सबैको जर्गेना र सम्बर्धन गनु पर्दछ । तर अहिले सांस्कृतिहरूमा विकृतिहरू व्यापक देखा परेका छन् । ति विकृति विसंगीहरूलाई हटाउदै प्रगतिशिल मोड दिनु हाम्रो दायीत्व हो ।


कार्यक्रमलाई धन बहादुर बिक, जनक भूल, अरूण ताम्रकार र चक्र बिकले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा विमान नगर खराडी आदी क्षेत्रबाट व्यापक जनसहभागीता रहेको थियो । स्मरण रहोस पुना पश्चिमले 25 अगस्तका दिन नै कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार