
टंक कुवर
तारापुर महाराष्ट्र, 27 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती महिला बिभागको आयोजनामा प्रगतिशील तिज भब्य रूपमा सम्पन्न भएको छ । उद्घाटन समारोहको अध्यक्षता महिला विभाग संयोजक सुनिता पुन र संचालन शान्ती थापाले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षता महिला बिभाग कि संयोजक सुनिता पुनले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मुल प्रवाह नेपाली एकता समाज केन्द्रिय सचिवालय गोबिन्द थापा हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ठ अथिती मध्य पश्चिम भारत क्षेत्रीय महिला बिभाग संयोजक रेणुका कुंवर हुनु हुन्थ्यो अन्य अतिथीहरूमा केन्द्रिय सदस्य टंक कुंवर, केन्द्रिय सदस्य एवं क्षेत्रीय अध्यक्ष श्याम तरामु, तारापुर नगर अध्यक्ष खड्क राई, रायगढ नगरबाट सन्तु थापा, मुम्बई नगरबाट चन्द्र सुबेदी, चन्द्र सिंह, तारापुर नगर समितिबाट मीन सुनार, बिष्णु तिवारी, इन्द्रमणि भुसाल, लोकहरि पान्डे, टेक बहादुर थापा, हुमनाथ पान्डे, महिला बिभागबाट सरस्वती पल्ली मगर, पुनम थापा, सीता सिंह, मुना कुंवर, देबि, माया केसि, लक्ष्मी थापा, लक्षमण पाण्डे, लाल बहादुर थापा, सुर्य पान्डेय, रायगढ महिला बिभाग बाट यमी राना, रायगढ रक्तिम बिभागबाट ज्ञानु राहाडी, तारापुर रक्तिम बिभागबाट निसा थापा, पालघर महिला एरियाबाट पुर्णकला थापा, नरमाया पुन मगर, श्री जयदुर्गा ट्र्वल्सबाट अर्जुन भूल, बाबुराम बिक, नेपाल प्रेस युनियन पाल्पा जिल्ला सहसचिब बबिता पौडेल हुनुहुन्थ्यो ।
उपस्तिथित जनसमुदायलाई लोकमणी पाण्डेले स्वागत भासणबाट र रक्तिम कलाकारद्वारा गित नृत्यबाट स्वागत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन मैनबत्ती बालेर केन्द्रिय सदस्य गोबिन्द थापाले गर्नु भएको थियो । वहाँले आफ्नो उद्घाटन मन्तब्यमा “मूल प्रवाहले भारतस्थित नेपालीहरुको हकहितको लागि निरन्तर संघर्ष आएको छ । यो एउटा सामाजिक संस्था हो, भारतमा बस्ने नेपालीहरुलाई जति खेर अफ्ट्यारो पर्छ त्यति खेर मूल प्रवाह नेपाली एकता समाजले काम गरेको छ । भारतमा बस्ने नेपालीहरुलाई आधारकार्डको समस्या भएको छ, नेपालीहरुलाई 1950 को सन्धी अनुसार नेपाली नागरिताबाट नोकरी-पेसा, बिजनेसमा गर्न, बैक खाता खोल्न लगायत जिवनउपयोगी सुबिधा पाउनु पर्छ भन्नु भयो ।” विशष्ठ अतिथी रेेणुका कुवरले हाम्रा चेलीबेटीहरू नेपाल भारतमा जहा रहेता पनि विभिन्न किसिमबाट हेपिएको र ठगिएको छौ । हाम्रा नेपाली चेलीबेटीहरू विभिन्न ठाउमा बेचिएका छन् त्यस्ता कैयौं चेलिलाई नेपाली एकताले उद्दार गरेको छ । हामी सबै महिला दिदी बहिनीहरू मूल प्रवाह नेपाली एकता समाजमा संगठित हुनु पर्ने आवश्यकता छ ” भन्नु भयो ।

तिजी कार्यक्रम भब्य रूपमा शान्त बाताबरण मा सम्पन्न भएको थियो । तिज कार्यक्रममा कम्पनीबाट रिटाएर भएका हाम्रो तारापुरमा नेपाली हरुको हरेक समयमा साथ दिनु हुने लिला सारु मगर, धन बहादुर केसी र खडक राइलाई तारापुर नगर समितिले सम्मान एवं मुल प्रवाह नेपाली एकता समाजको सम्झाना चिनो दिएको थियो ।

कार्यक्रमको अध्यक्ष सुनिता पुनले 2082 को प्रगतिशिल तिज कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनु हुने स्वयंसेवक र रक्तिम कलाकार नगर एरिया समितिका कार्यकर्ता साथै तारापुर आमा बुवा, दाजुभाई, दिदी बहिनीहरू सबैलाई आर्थिक नैतिक भौतिक सहयोग गर्नु भएकोमा आयोजक समितिको तर्फ देखि धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापनको गर्नु भयो ।
















