दिल्ली एनसिआरको फरिदाबादमा प्रगतिशील तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

फरीदाबाद,

26 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद महिला नगर विभागद्वारा आयोजित प्रगतिशील तीज कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन बिमला महराले गर्नुभएको थियो भने अध्यक्षता शकुन्तला थापाले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रिय समिति तर्फबाट बाबुराम बिष्ट र रमेश चन्द्र क्षेत्री, पश्चिमोत्तर क्षेत्रीय समिति तर्फबाट विष्णु बि.सी., पश्चिमोत्तर क्षेत्रीय सांस्कृतिक विभाग तर्फबाट धर्म खनाल, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रिय समिति सचिव सरिता बि.सी., महिला नगर विभागकी शान्ता भुसाल, फरिदाबाद नगर समितिबाट बाबुराम भुसाल र चन्द्र अधिकारीलगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमको सुरुवातमा ज्ञात-अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि महिला नगर विभागकी सविता थापाले अतिथिहरू र सम्पूर्ण उपस्थित जनमानसलाई मन्तब्यबाट स्वागत गर्नुभयो ।

कार्यक्रमको औपचारिक उद्घाटन केन्द्रिय समिति सदस्य बाबुराम बिष्टले गर्नुभएको थियो । यसै क्रममा महिला विभागका सदस्यहरूले प्रस्तुत गरेका प्रगतिशील तीज गीतले वातावरणलाई झनै उल्लासपूर्ण बनाएको थियो ।

समापन समारोहमा अध्यक्ष शकुन्तला थापाले कार्यक्रमलाई अनुशासित र भव्य रूपमा सफल गराउन सहयोग पुर्याउनु हुने नेता कार्यकर्ता कलाकार सहभागी जनसमुदाय सबैलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार