
बेलबहादुर रजाली, जयपुर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर महिला विभागकी सदस्य लक्ष्मी थापा पुत्रीशोकमा पर्नुभएको छ ।
१७ वर्षीया छोरी प्रियङ्का थापाको अगस्त ३०, २०२५ का दिन असामयिक निधन भएपछि उहाँ शोकमा पर्नुभएको हो ।
पाल्पा जिल्ला रैनादेवीछहरा गाउँपालिका वडा नम्बर १ असारे निवासी रवि थापा एवम् लक्ष्मी थापाकी पुत्री प्रियङ्का थापाको गत केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित भई जयपुरमा उपचार चलिरहेको थियो । उपचारकै क्रममा थापाको निधन भएको थियो ।
मृतक थापाप्रति मूल प्रवाह जयपुर उत्तर एवम् महिला विभागले भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
















