हराएको खोजखबर

जिल्ला सल्यान दार्मा गाउँपालिका ४ निवासी तिल बहादुर चन्दका ३७ वर्षीय छोरा लोकेन्द्र चन्द भारतको गुजरात राज्यस्थित अहमदावाद बस अड्डाबाट लापत्ता भएका छन् । उनी दिप चन्दसँग यहि २०८२ असार ११ गते मध्य प्रदेशको खिमला प्लान्ट चौकमा पुगेका थिए । श्रावण २६ गते जुगरात पुगेका उनीहरू एलएमवी कम्पनीमा दुई चार दिन काम गरेका थिए ।

कम्पनीले महिनाको २१ हजार रुपैयाँ तलब तय गरेता पनि कोठा टाढा भएको कारण बताएर, उनीहरू जयपुर जान हिंडेका थिए । उनीहरूले जयपुर जानका लागि अहमदावाद बस अड्डामा चिया–नास्ता गरेका थिए । दिपकका अनुसार जयपुर जाने बस काउन्टरमा लोकेन्द्र चन्दको मोबाइल हाराएको थियो, आफुहरू दुबै जनाले मदिरा सेवन पनि गरेका थिए ।

सोही स्थानबाट लापत्ता भएका लोकेन्द्र हालसम्म सम्पर्क विहिन छन् । कुनै महानुभावले निजलाई फेला पारेमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा रामपुर हिमचलमा गगन ओली र शिमला हिमाचलमा शंकर विक ९८१६९६८६७२, ८६२८०८६३९३, ९८८२६४५२९० र नेपालमा ००९७७९८४१७४६०४९, ००९७७९८०९५२०८९१ मा सम्पर्क गरि जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार