मूल प्रवाह नेता दुर्गा बहादुर रायमाझीको अन्तिम संस्कार एवं श्रद्धान्जली सभा

कोटी प्रसाद पोख्रेल
24 सेप्टेम्बर 2025 चेन्नई, जैमिनि नगर पालिका वडा नम्बर 8, छिस्ती खोलाखानी निवासी बुबा कविराज रायमाझी आमा शुशिला रायमाझीका माईला छोरा बर्ष 50 का दुर्गा बहादुर रायमाझी रोजिरोटी को शिलशिलामा चेन्नई अम्बतुर स्थित प्राईभेट कम्पनिमा कार्यरत हुनुहुन्थ्यो।

गत 21 सेप्टेमबर 2025 को सांझ साढे सात बजे बजार गएर फर्कने क्रममा अचानक बाटोमै ढलेको खबर पाए पछि आफन्तहरू त्यहाँ पुगी तुरुन्तै एम्बुलेन्स बोलाएर चेन्नई स्थित किल्पाक मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गराई चेकजाँच गर्दा वहाँलाई हृदयघात (हार्टअट्याक) भएको रहेछ, 22 सेप्टेबर बिहान वहाँको दुखद निधन भयो । घटनाको जानकरी प्राप्त हुदा वित्तिकै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चन्द्र बहादुर थापा एवं दक्षिण भारत क्षेत्रिय सचिवालय सदस्य बुद्धिराम पौडेललाई लगायत नगर समितिका साथीहरुलाई हस्पिटलमा पुग्नु भयो । घर परिवारका सदस्यहरू सुचित गरि वहाँहरूलाई बोलाउने काम भयो । नेपालबाट आउन समय लाग्ने भएको हुदा वहाँहरूको प्रतिक्षा गर्ने र तब सम्मलाई वहाँको पार्थिव शरिरलाई शव गृह (मोर्चरी)मा राख्ने काम भयो ।

23 सेप्टेम्बर 2025का दिन साझ वहाँ श्रीमती, छोरा, छोरी चेन्नई आइपुगे पछि भोलि पल्ट 24 सेप्टेम्बर 2025का हस्पिटल तथा प्रशासनको आवश्यक प्रक्रिया पूरा गरि परिवार, आफन्त, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता, भाईचारा संगठन, समाजसेवी व्यक्तित्वहरु, कम्पनी स्टाफहरु लगायत बाक्लो जनमानसको उपस्थितिमा अम्बतुर स्थित डनलप शवदाह गृहमा अन्तिम दाहसंस्कार गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले मृतक दुर्गा बहादुर रायमाझीको पार्थिव शरीरमा संगठनको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो । सोहि क्रममा श्रद्धाजली सभाको गरिएको थियो । वहाँको स्मरण गर्दै दुई मिनेट मौनधारण भयो । शोक सभामा नेकपा(मसाल)का जिल्ला सेक्रेटरीले पठाएको शोक बक्तव्य बुद्धिराम पौडेलले पढेर सुनाउनु भएको थियो । भने शोक मन्तव्य दिनेमा मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापा, जनसम्पर्क समिति दक्षिण भारतका डि कृष्ण प्रसाद आचार्य, प्रवासी नेपाली संघको तर्फबाट पद्मा के सी, अ.भा.ने.एकता समाजकाबाट महेन्द्र बस्यालले राख्नुभएको थियो ।
शोक सभाको संचालन मूल प्रवाह चेन्नई पश्चिम नगर सचिव किशोर शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार