
भिवाडी (राजस्थान) । सांगठनिक जिम्मेवारीले बाबु–आमा भन्दा छोराछोरी माथि भए पछि कतिपय अवस्थामा विदाईको जिम्मेवारी पनि छोरा छोरीको नै हुन जान्छ । यसै बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीले आयोजना गरेको एक कार्यक्रम बिच छोरीले बाबु–आमालाई विदाई गरेकी छिन् ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष नारायण शर्माले र सञ्चालन नगर उपाध्यक्ष राम बहादुर थापाले गर्नु भएको थियो ।

त्यस्तै किशोर राई र फूल कुमारी राईलाई विशेष आतिथ्यता गराइएको थियो ।
कार्यक्रममा उपस्थित जनसमुदायलाई नगर कोषाध्यक्ष अर्जुन नेपालीले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कलाकार भाईबहिनीहरूले गीत तथा नृत्य प्रस्तुत गरेर स्वागत गरेका थिए ।
प्रमुख अतिथि विक्रमसिंह राणाले राई दम्पत्तीलाई सम्मानपत्र हस्तान्तरण गर्नु थियो भने क्षेत्रीय सचीव शिव केसीले खादा ओढाएर सम्मान गर्नुभएको थियो । कृष्टी राई, रामप्रसाद घिमिरे, काजीराम श्रेष्ठ र सृष्टि राईले मल्यार्पण गरि राई दम्पत्तीलाई सम्मान गर्नु भएको थियो ।
बिदाई कार्यक्रममा मन्तव्य राख्दै किशोर राईले यस नगर समितिमा जुन प्राकारले योगदान दिदै आउनु भएको थियो स्वदेशमा पनि आफ्नो त्यस्तै योगदान रहने बताउनु भएको थियो ।
आफू यस ठाउँबाट बिदाई भएर गए पनि आफ्नो मन सधैं यसै सङ्गठनमा रहिरहने भन्दै आफ्नो अनुपस्थितिमा पनि यस सङ्गठनलाई अझ उचाई स्थानमा पुर्याउन सम्पूर्ण कार्यकर्ताहरूलाई अनुरोध गर्नु भएको थियो ।
त्यस्तै आफ्नो मन्तव्य राख्दै फुल कुमारी राईले जस्तो सुकै कठिन परस्थितीमा पनि आफ्नो मनोबल उच्च राख्दै चुनौतीको सामना गर्न बिशेष आग्रह गर्नु भएको थियो ।
















