मूल प्रवाह केन्द्रिय सदस्य बाबुराम बिस्ट मातृशोकमा

नई दिल्ली 16 नोवेम्बर 2025,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सदस्य बाबुराम बिस्ट मातृशोकमा पर्नु भएको छ । वहाँको आमा भुमादेवी बिस्टको 90 वर्षको उमेरमा हिजो कार्तिक 29 गते आफ्नो निवास स्थान धुर्कोट 3 हाडहाडे, गुल्मीमा दुःखद निधन भएको छ । केन्द्रिय अध्यक्ष प्रेम पौडेलले एक शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

शेष स्मृती भुमादेवी बिस्टका 5 भाई छोरा र दुई बहिनी छोरीहरू छन् । जस मध्ये जितेन्द्र बिस्ट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिका पूर्व अध्यक्ष र बाबुराम बिस्ट हाल केन्द्रिय सदस्य एवं बुहारी नमकला बिस्ट फरिदाबाद नगर समिति महिला विभाग सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार