
नई दिल्ली 8 दिसेम्बर 2025,
मूल प्रवाह अखिल भारत नेपाली ,कता समाज केन्द्रिय समिति सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय सचिव शिव केसी पितृशोकमा पर्नु भएको छ । वहाँको बुवा इन्द्रबहादुर कुवरको 86 वर्षको उमेरमा आज मंसिर 22 गते आफ्नो निवास स्थानबाणगंगा नपा वार्ड नं- 9 जिनुवा कपिलबस्तुमा दुःखद निधन भएको छ । आजै दिंउसो बाणगंगा नदिको लक्षमण घाटमा वहाँका दाहसंस्कार गरिएको छ । तिन भाई छोराहरू चन्द्र बहादुर कुवर, शिव बहादुर कुवर केसी र खुम बहादुर कुवर चार बहिनी छोरीहरू जमुना खत्री, माया केसी, सरस्वती थापा र बिष्णुमाया टण्डन चार नाती र तिन नातिनीहरू छन् ।\
मूल प्रवाह अखिल भारत नेपाली ,कता समाज केन्द्रिय अध्यक्ष प्रेम पौडेल र पश्चिमोत्तर क्षेत्रीय समिति अध्यक्ष शालिकराम आर्चायले छुट्टा छुट्टै वक्तव्य पारि गर्दै बुवा इन्द्र बहादुर कुवर प्रति हार्दिक श्रद्धान्जली शिव केसी सहित सम्पूर्ण शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।















