पूवोत्तरको कार्बीआङलोगमा नेपालीहरूका बस्तीमा आक्रमण मूल प्रवाहद्धारा सुरक्षा र क्षतिपूर्तीको माग

नई दिल्ली
23 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले 22 दिसेम्बर 2025का दिन भारतको आसामको कार्बी आंगलोङमा भएको घटना प्रति खेद प्रकट गर्दै भारत सरकारसंग नेपालीहरूको जिउ धनको सुरक्षा र पिडीतहरूको क्षतिपुर्तीको माग गरेको छ । 23 दिसेम्बर 2025मा केन्द्रिय अध्यक्ष प्रेम पौडेलले वक्तव्य जारी गरि उक्तमाग गर्नु भएको हो । प्रेम पौडेलद्धारा हस्ताक्षरित प्रेष वक्तव्यमा भनिएको छ ।

“दिसेम्बर २२–२३, २०२५का दिन भारतको आसामको कार्बी आंगलोङमा भएको घटनाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गम्भिर ध्यानाकषर्ण भएको छ ।
भारतको पूर्वोत्तरका राज्यहरूमा त्यहाँका आदिवासीहरूले गैर आदिवासी भगाउ अभियानको नाममा पटक–पटक प्रवासी मजदुरहरूमाथी आक्रमण गर्दै आएका छन् । हालै असमको पश्चिम कार्बी आङलोङमा बाहिरका(गैरआदिवासी)हरूको निष्कासन माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बनेको घटनाप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ ।
पश्चिम कार्बी आङलोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत कार्बी आङलोङ स्वायत्त परिषद्को अधिकार क्षेत्रअन्तर्गत रहेको आदिवासी बहुल पाहाडी जिल्ला हो । हालै भएको तनावग्रस्त स्थान स्वायत्त परिषद क्षेत्रमा रहेको व्यावसायिक चराई आरक्षण (पीजीआर) र गाउँ चराई आरक्षण (भीजीआर) (आरक्षित चरन भूमि)मा भएकाले अतिक्रमण हटाउने माग गर्दै विगत दुई हप्तादेखि फेलङपीमा केही कार्वि जातिका मानिसहरू धरना अनशनमा बसेका थिए । उनीहरूलाई १५ दिनको अनशनपछि स्वास्थ्य अवस्था बिग्रन सक्ने भन्दै स्वास्थ्यको कारण देखाएर प्रशासनले गुवाहाटी लगेको थियो, उक्त घटना पछि गिरफ्तारीको अफवाह फैलिएको थियो । अफवाह पछि खेरिनीमा तनाव उत्पन्न भएको थियो ।
जहाँ भिडले प्रहरी चौकीमा ढुङ्गामुढा गरे साथै नजिकै रहेका बिहारी र नेपाली समुदायका मानिसहरूमाथि आक्रमण भएको थियो । त्यहाँ भएको साम्प्रदायीक घटनामा नेपालीहरूका घर–दुकानमा आगजनी र तोडफोड गरिएको छ । प्राप्त जानकारी अनुसार हालसम्म पार्वती शर्मा, सुरज क्षेत्री, पंकज क्षेत्री, विष्णु क्षेत्री, प्रकाश क्षेत्री, विक्रम क्षेत्री, सविता शर्मा, चन्द्रबहादुर क्षेत्री, सिता तमाङ, सानु बस्नेत लगायतको दुकान र गणेश बिक, गणेश बिक(बि), धनबहादुर तमाङ, राजु बिक, बालु सुनार आदिको घरमा आगजनी र ढुंगामुढा गरेका छन् ।
यो सर्व विदितै भएको कुरा हो, भारतमा दुईखाले नेपालीहरू छन् । १८१६को सुगौली संधीको आधारमा भारतीय नागरिक बनेका नेपालीहरू र १९५०को आधारमा रोजगारीको लागि भारतमा आएका प्रवासी नेपालीहरू । दुबै प्रकारका नेपालीहरूको हकहित र सुरक्षाको दायीत्व भारत सरकारको हो ।
अतः हामी भारत सरकार तथा प्रशासनसँग भारतमा रहेका नेपालीहरूको जिउ धनको सुरक्षा र पिडीतहरूको उचित क्षतिपुर्तीको माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार