
26 दिसेम्बर 2025 बैग्लोर
अन्तरास्ट्रिय एकताको लागि नेपाली जनता को मञ्च को आयोजनामा सर्वहारा वर्गका महान नेता कमरेड माओत्सेतुङको 133औं जन्मदिवसको अवसरमा माओ दिवश कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
कार्यक्रममा कामरेड माओ तथा क्रान्तिकारी आन्दोलनहरूमा सहादत प्राप्त गर्नु हुनु ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौन धारणा गरिएको थियो ।
ओम बहादुर दाहालको अध्यक्षता तथा निर्मला दाहाल सञ्चालन अगाडी बढेको कार्याक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य धर्म पहरीले का. माओंले विश्व सर्वहारा वर्ग तथा चिनियाँ कम्युनिस्ट पार्टीको लागि गरेको योगदान तथा मार्क्सबाद र लेनिनबादको सिद्धान्तलाई चिनियाँ समाजमा गरेको सफल प्रयोग एवं चिनमा सम्पन्न नयाँ जनवादी क्रान्ति सर्वहरा सांस्कृतिक क्रान्तिबारे माओको योगदन माथि प्रकाश पानु भएको थियो । वहाँले अहिले विश्वमा साम्राज्यवादी शक्तिहरू हावी भएको अवस्थामा माओको साम्राज्यवादीहरू कागजी बाघ हुन भन्ने भनाईलाई आत्मसाथ गर्नु पर्ने जोड दिनु भयो । कार्यक्रमा अन्य वक्ताहरुमा मूल प्रवाह बैग्लोर उत्तर नगर समिति महिला बिभाग संयोजक सरस्वती के.सी. क्षेत्रिय महिला बिभागकी सदस्य दुरा पहरी. र कोपीला सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई सदस्य सिता कुवँरले स्वागत मन्तव्यबाट सवागत गर्नु भएको थियो ।
















