
भुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली...

मनाली (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य...

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गोवाको...

नई दिल्ली 8 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली ,कता समाज...

नई दिल्ली, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका...

काठमाडौं, 4 दिसेम्बर 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व...

खिमराज चालिसे चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु...

चितवन माडि नगरपालिका वार्ड नं. 1 लक्षुमनिया बस्ने नारायणदत्त अधिकारीका कान्छा...

26, नोवेम्बर 2025, पुना, महाराष्ट्र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्नेको भीड, नेपाल भित्रने सबैको ज्वरो परीक्षण हुन सकेको छैन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण प्रभावकारी नभएको र त्यसले कोरोना संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । राजमोले सिमानाकामा कडा नियन्त्रण गर्न र देशभित्र पनि बिरामी देखिएका व्यक्तिहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।
राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले कञ्चनपुरको गड्डाचौकी लगायतका नाकाबाट हजारौं जना नेपाल प्रवेश गरिरहेको व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्न र नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मे परिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसले देशमा कोरोनाको संक्रमण फैलनेसक्ने आशंका गर्नुभएको छ ।
यस्तो छ, वक्तव्य
‘कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न सरकारले गरिरहेका निर्णयहरू वा व्यवस्थाप्रति राष्ट्रिय जनमोर्चाको ध्यान गएको छ । तर व्यवहारमा ती निर्णयहरू लागू हुनेबारे धेरै समस्या वा अनियमितता प्रति पनि हाम्रो ध्यान गएको छ । खास गरेर भारतबाट आउने मानिसहरूलाई विभिन्न नाकाहरूमा स्वास्थ्य परीक्षणको जुन व्यवस्था गरिएको छ, त्यो पूरै लागू हुन सकेको छैन । उदाहरणका लागि कञ्चनपुरको गड्डा चौकीमा नेपालतर्फ आउने हजारौँ मानिसहरूको भिडमा नियन्त्रण गर्न प्रहरी र सुरक्षाबल समेत असमर्थ भएको थियो । त्यसपछि हजारौँ मानिसहरूले बिना कुनै स्वास्थ्य परीक्षण नेपालमा प्रवेश गरेका थिए । सरकारले भारतमा आवात जावतका लागि खुलाएका नाकाहरू बाहेक अन्यत्रबाट पनि ठूलो सङ्ख्यामा अनियन्त्रित प्रकारले नेपालमा आउने क्रम चलिरहेको छ । त्यसबाट पनि नेपालमा कोरोना भाइरसको खतरा झन् बढ्दै गएको देखिन्छ । त्यसकारण हामीले भारतबाट नेपालमा आउने नाकाहरूमा नियन्त्रण र पर्याप्त स्वास्थ्य परीक्षणका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
अहिले कोरोना भाइरसको शंका देखिएका विरामीहरूको उपचारका लागि उपत्यका वा बाहिर पनि कैयौँ अस्पतालहरूको व्यवस्था गरिएको भनिएको छ । तर व्यवहारमा त्यहाँ बिरामीहरूलाई भर्ना गर्नका लागि पर्याप्य ध्यान दिने गरिएको छैन । त्यहाँ भर्नाको लागि गएका वा विभिन्न जिल्लाहरूबाट पठाइएका बिरामीहरूलाई भर्ना गर्न अस्पतालहरू तयार नभएका कैयौँ समाचारहरू ठाउँठाउँबाट आइरहेका छन् । त्यसप्रकारको शङ्का भएका बिरामीहरूको राम्ररी परीक्षण नगर्दा वा अस्पतालमा भर्ना नगर्दा कोरोना भाइरस अरू फैलिने र त्यसले भयानक रूप लिने आशंका रहने छ ।
उपरोक्त कुराहरूमाथि ध्यान दिंदै भारतीय सीमाहरूमा मानिसहरूको आगमन र देशभित्र कोरोना भाइरसको शंका देखिएका बिरामीहरूको तत्काल स्वास्थ्य परीक्षण र अस्पतालमा भर्ना गरेर उपचार प्रति समेत विशेष ध्यान दिन हामीले सरकार र सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’