रुपन्देहीमा राजमोको संगठन बिस्तार

बुटवल । राष्ट्रिय जनमोर्चाको राष्ट्रिय स्तर मै फागुन १ गतेबाट सुरु भएको सदस्यता अभियानको अन्तिम चरणमा कोभिड–१९ माहामारीले विश्वलाई चपेटा लिए पछि त्यसबाट बच्न र समुदायलाई बचाउन लकडाउन सुरु भएको थियो ।

लामो लकडाउन पछि जनजीवन सामान्य तिर फर्कदै गएपछि सरकारको निर्देशन र नियमहरु पालन गर्ने गराउने प्रशिक्षण सहित संगठन अभियान पनि सुरु भएकोछ ।

सदस्यता अभियानमा ब्यापक सदस्यता वितरण गरिएको यस वडामा भेला सम्पन्न भएकोछ । हर्क बहादुर टण्डनको अध्यक्षता, नरेन्द्र राज सेनको संचालन र यम परियारको स्वागतबाट अगाडी बढेको कार्यक्रमको प्रमुख अतिथी नगर अध्यक्ष रुक बहादुर पराजुली रहनु भएको थियो ।

भेलाले मान बहादुर क्षेत्रीको अध्यक्षतामा १३ पूर्ण ३ सल्लाहकार रहेको तिलोत्तमा नगर समिति अन्तर्गत वडा ३ मा समिति गठन गरेकोछ ।

समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष भोज कुमारी खनाल, सचिव हेमलाला भुसाल, सह–सचिव मिलन सेन, कोषध्यक्ष दिल बहादुर रजाली र सदस्यहरुमा तुल बहादुर गुरुङ, मिनु थापा, राधिका पौडेल, लक्ष्मी काउचा, ओम बहादुर सारु, पूर्ण बहादुर घर्ती, पीताम्बर थापा मगर र सल्लाहकारमा नगेन्द्रराज श्रीनेट, हुमराज बस्याल र भक्ता राना श्रीनेट रहनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार