शुभबिहानी टुर एण्ड ट्रावल्सको अफिस हैदराबादमा खोलियो

हैदरावाद, ११ जुलाई । हैदराबाद देखि बुट्वल, कृष्ण नगर तथा रुपडियाका लागि नियमित बस सञ्चालन गर्दै आएको शुभबिहानी टुर एण्ड ट्रावल्सले हैदराबादको सिकन्दराबादमा अफिस खोलेको छ ।

सिकन्दराबाद अबस्थित डाइमण्डपइन्ट अकबर रोड सिखभिलेज नजिकै हरिटेजमा एक समारोह बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिब प्रेम पौडेलले रिबिन काटेर अफिसको उद्घाटन गर्नुभएको हो ।

अफिसको उद्घाटन मन्तव्यमा पौडेलले– भारतका विभिन्न स्थानहरुमा नेपालीहरुले सञ्चालन गर्दै आएका ट्रावल्सहरुले चर्को भाडा असुली गर्ने, सुरक्षाको उचित मापदण्ड पूरा नगर्ने, यात्राका दौरानमा बसको क्षमता भन्दा बढी बसाल्ने र सिटको उचित ब्यबस्था नमिलाएर कैयौं सास्ती दिइरहेको परिवेशमा यो शुभबिहानी टुर एण्ड ट्रावल्सले नाफामुखी भन्दा पनि सेवामुखी बन्नु पर्नेमा सुझाव दिनुभएको थियो । “शुलभ, सुरक्षित र भरपर्दो सेवा प्रदान गरेर उदाहरणिय बनोस् ।” पौडेलले सफलताको शुभकामना दिंदै अगाडि भन्नु भयो– “यहाँहरुको प्रयास पुर्ण रुपमा सफल होस् ।”

कार्यक्रम शुभबिहानी टुर एण्ड ट्रावल्सका प्रोपाइटरहरु बिजय क्षेत्रीको अध्यक्षता, कृष्ण बस्यालको सञ्चालन र सपना क्षेत्रीको स्वागत मन्तब्यबाट अगाडि बढेको थियो । उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका सचिब खिम बहादुर बिकले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार