कर्णबहादुर परियारप्रति हार्दिक श्रद्धाञ्जली

हैदरावाद । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत मध्य हैद्राबाद नगर समिती द्वारा संचालित बन्जराहिल्स एरिया समितिका सदस्य कर्ण बहादुर परियारको दुःखद निधन भएको छ । उनको कोविड १९ संक्रमणबाट निधन भएको हैदरावादस्थित गान्धी अस्पतालले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका २ भिरखानी गुल्मी निबासी कर्ण बहादुर हाल हैदराबादको राजभबन रोड मोक्तामा कार्यरत थिए । उनको १५  जुलाई २०२० मा निधन भएको गान्धी अस्पतालले जानकारी दिएको छ । उनले श्रीमती र दुइ छोरीहरु बीच छाडेर गएका छन् ।

मुल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति मृतक कर्णबहादुर परियारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिबार जनमा गहिरो समबेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार