
खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
काठमाडौँ । प्रगतिशील लेखक सङ्घले समाजवादउन्मुख प्रक्रियामा दार्शनिक चुनौतीको बारेमा चौतिसौँ परिसंवाद सम्पन्न भएको छ । वाम विश्लेषक श्याम श्रेष्ठको विषयवस्तु प्रस्तुतिसँगै २०७७ साउन ३ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा उपाध्यक्ष गोपीरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रमा विषयवस्तु प्रस्तत गर्दै श्याम श्रेष्ठले नेपालका कम्युनिस्टको दर्शन र व्यवहार रातो मुलाजस्तो भएको बताउनुभयो । ‘रातो मुला बाहिर रातो हुन्छ, भित्र सेतो’ उहाँले अगाडि भन्नुभयो– ‘नेपालका कम्युनिस्ट त्यस्तै भए, घोषणामा समाजवाद, तर व्यवहारमा पुँजीवाद ।’ उहाँले भन्नुभयो– ‘हुनुपर्ने गाजरजस्तो थियो, बाहिर पनि रातो, भित्र पनि रातो’ । कम्युनिस्टकै माझमा दर्शन र व्यवहारमाझ अन्तर भएकाले समाजवादउन्मुख दिशामा अघि बढ्न कठिनाइ भइरहेको उहाँको भनाइ थियो ।
नेपालका कम्युनिस्टहरूको यस्तो भित्रीबाहिरी चरित्रको आलोचना गर्दै उहाँले नाफाखोरलाई शिक्षा र स्वास्थ्य क्षेत्र सुम्पिएर नेपालका कम्युनिस्टहरू समाजवादतिर जान खोजिरहेको बताउनुभयो । ‘स्क्यान्डेनिभियन मुलुक, बेलायत, अमेरिकाजस्ता पुँजीवादी देशमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क छ, तर नेपालमा नाफाखोरको जिम्मामा शिक्षा सुम्पिएको स्थिति छ’ श्रेष्ठले प्रश्न गर्नुभयो– ‘दुईतिहाइ बहुमतयुक्त कम्युनिस्ट पार्टीको सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागु गर्न किन सक्दैन ?’ कृषिको क्षेत्रलाई पनि बिचौलियाको जिम्मा छोडिएको प्रसङ्ग उठाउँदै उहाँले त्यो प्रवृत्ति समाजवादको विपरीत भएको दावी गर्नुभयो ।
विषयवस्तु प्रस्तुत गर्दै उहाँले माक्र्सवादी दर्शनमा लेनिनको समयभन्दा पछि कुनै विकास नभएको दावी गर्नुभयो । लेनिनको समयभन्दा पछाडि विज्ञानको क्षेत्रमा थुप्रै आविष्कारहरू भएको बताउँदै उहाँले त्यसको आधारमा माक्र्सवादी दर्शनलाई समृद्ध बनाउने काम हामी सबैले गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । मन्तव्यको क्रममा उहाँले नेपालमा राजनीतिक र आर्थिक क्रान्तिमा जोड दिइएको तर सांस्कृतिक र नैतिक क्रान्तितर्फ ध्यान नदिइएको बताउनुभयो । विषयवस्तु राख्ने क्रममा उहाँले अतिशुद्धतावादी दृष्टिकोणको पनि आलोचना गर्नुभयो ।
कार्यक्रममा समीर सिंह, प्रा.डा. शम्भु कट्टेल, नारायण मरासिनी, बालाकृष्ण अधिकारी, कृष्णराज अधिकारी, तारा बुढाथोकी, प्रकाश थापा मगर, रामबहादुर बुढा, कमल कार्की, अर्जुन शर्मा, धनप्रसाद सुवेदी र एकलाल श्रेष्ठले समेत पूरक टिप्पणी गर्नुभएको थियो ।