पूर्व सांसद तथा नेकपाका नेता बर्मन बुढाको निधन भएको छ । रोल्पा थवाङ निवासी बुढाको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
एक वर्ष अघिदेखि जन्डिसको बिरामी रहेका उहाँको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपाले जनाएको छ ।
उहाँ २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । त्यतिबेला जनमोर्चाका नौजना सांसद निर्वाचित भएका थिए । जसमा बुढा पनि एक हुनुहुन्थ्यो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् ।
















