भारतका गृहमन्त्री अमित शाह मेदन्त अस्पतालमा भर्ना

नयाँ दिल्ली । गृहमन्त्री अमित शाह कोरोना सकारात्मक भेटिएका छन् । डाक्टरको सल्लाहमा उनलाई मेदन्त अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । गृहमन्त्री शाह आफैंले आफ्नो ट्विटर ह्यान्डलमा यसको पुष्टि गरेका हुन् ।

शाहले शुरुका लक्षणहरू देखिए पछि आफू कोरोना टेस्ट जाँचमा पुगेको र रिपोर्ट पोजिटिव आएको जनाएका छन् ।

उनको स्वास्थ्य ठीक रहेता पनि डाक्टरहरुको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरिएको छ । हालसालै उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूले आफैंलाई अलग राख्न र कोरोना जाँच गराउन समेत शाहले अनुरोध गरेका छन् ।

कोरोना पोजिटिव पाएपछि अमित शाहलाई बेलुका ४ः२४ बजे मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार डाक्टर सुशीला कटारियाको सुपरिवेक्षणमा गरिने बताइएको छ ।

आजतकबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार