नयाँ दिल्ली । गृहमन्त्री अमित शाह कोरोना सकारात्मक भेटिएका छन् । डाक्टरको सल्लाहमा उनलाई मेदन्त अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । गृहमन्त्री शाह आफैंले आफ्नो ट्विटर ह्यान्डलमा यसको पुष्टि गरेका हुन् ।
शाहले शुरुका लक्षणहरू देखिए पछि आफू कोरोना टेस्ट जाँचमा पुगेको र रिपोर्ट पोजिटिव आएको जनाएका छन् ।
उनको स्वास्थ्य ठीक रहेता पनि डाक्टरहरुको सल्लाहमा उनलाई अस्पतालमा भर्ना गरिएको छ । हालसालै उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूले आफैंलाई अलग राख्न र कोरोना जाँच गराउन समेत शाहले अनुरोध गरेका छन् ।
कोरोना पोजिटिव पाएपछि अमित शाहलाई बेलुका ४ः२४ बजे मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार डाक्टर सुशीला कटारियाको सुपरिवेक्षणमा गरिने बताइएको छ ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (Modi Ka Parivar) (@AmitShah) August 2, 2020
आजतकबाट साभार
















