
जनकराज पौडेल (रेशम)
विस्तारै घुम्टो उधारिदै गर्दा
असली रुप देखिदै जान्छन्
मन भित्रका उत्सुकताहरु
सबै मेटिदै जान्छन्
कहि कतै आशा निरासामा
बदलिदै जान्छन्
सत्य छरप्रष्ट हुदै गर्दा
दुख्खै लागे पनि
छोपिएका कुरुपहरु
जस्ताको तस्तै देखिदै जान्छन् ।
सधै बादल ले सुर्य ढाक्न कहाँ सक्दछ र
चिरेर सुर्यका किरण धर्तीमा आउछन्
सबै गर्जनले बर्षा आउदैन यहाँ
निश्चित वर्षामा मात्र असिना झर्दछन्
अौंसीको रातले
पुर्णिमाको जुन पर्खि बेसेझै
साझले विहानी पर्खिरहन्छ
समयको रप्तार संगै
जिवन चक्रहरु बदलिरहन्छ
स्थिर छैन केहि परिबर्तन हुदै जान्छ
समयले भ्रम पार्ला
निरास तुल्याउलाँ
सत्य सत्य हुन्छ
सत्यका सामु असत्य कहाँ टिक्छ।
















