- रबि पौडेल, पाण्डेचरी
दुई हजार उन्नाईस साल नोवम्बरको महिना
कोरोनाको कहरको गर्छु बयान ।
चिनबाट उत्पति भई बिस्वभरि फैलियो
लाखौं लाख मानिसको ज्यान लिएको ।
कोरोनाको कारणले कलकारखाना बन्द भो
गरिव मजदुर श्रमजीवीको कामै हरण भो ।
देशमा काम नपाई बिदेशमा गएका
कोरोना कै कारणले दुखी भएका ।
प्रदेशमा ज्यान गयो कोरोना कै कारण
सरकारले राखिसक्यो आफ्नो धारणा ।
उद्दारी गर्न सकिँदैन त्यहि बस्न भन्दछ
आफ्नै देशको नागरिकलाई हेला गर्दछ ।
रोगले मरुन, भोकले मरुन छैन चासो उसलाई
निकै कठिन अबस्था भो हामी गरिवलाई ।
कोरोनाको दवाई छैन स्वास्थ्य बिभाग भन्दछ
विस्वभरि कति मरे लास गन्दछ ।
कोरोना कै कारणले आर्थिक मन्दि हुने भो
गरिव देशका जनतालाई आपत पर्ने भो ।
कहिले हावाहुरी, कहिले बाडि पहिरो
संसारलाई पर्न गयो दुःख गहिरो ।
धनी, गरिव, साना, ठुलो महामारीले भनेन
जातजाति, धर्मलिङग कुनै भनेन ।
बिस्वभरि खैलाबैला कोरोनाले गरायो
शक्तिराष्ट्रहरु पनि निकै डरायो ।
एक्लै बसौ, घरमै बसौ कोरोनालाई भगाउन
आफन्तलाई सन्देश पढाउ हिम्मत वढाउन ।
सुरक्षित बस्नु सबै देशबिदेमा रहेका
मनोबल बढाउनु है बिमार भएका ।
दुरि पनि कायम गरौं, पछि हामी भेटौला
परिस्थिति सुध्रेपछिसँगै बसौला ।
















