विनुकुमार नेपाली (चण्डीगढ)
सुन्नु होला दिदी बैनी हाम्रो देशको अवस्था ।
अंझै पनि फेरिएन देशको ब्यवस्था ।।
यो वर्षको तिजमा बन्दी जीवन बना छ ।
चारैतिर कोरोनाको डर त्रास छ ।।
देशभित्रको राजनीतिले सड्क सदन तात्दै छ ।।
आफ्नै देशको छिमेकीले सीमा मिच्दै छ ।।
ठुल्दाईसँग सदैभरी लम्पसार परेर ।
ऐले बल्ल निशान छाप लायो सरकार ।।
भष्टाचार र महंगीले आकाशै छोइसक्यो ।
बेरोजगार र भोकमरीले के खाउँ भइसक्यो ।।
भष्टाचार नि कत्तीहो कत्ती गनी साध्य रहेन ।
तेतिस किलो सुन कहाँ गयो थाहै भएन ।।
भूमाफिया, बालुवाटार, वाइडबोडी काण्डको ।
समिता र निर्मलाको न्याय कहाँ गो ।।
कम्युनिष्टको सरकार भन्न इन्लाई लाज लागेन ।
गणतन्त्र र संविधानको पालन गरेन ।।
ऐले देशमा एमसिसीको हल्लीखल्ली चल्दैछ ।
साम्राज्यवाद अमेरिकाले दाउपेंच खेल्दैछ ।।
एमसिसि पासभो भने नेपाल फिजी बन्ने छ ।
नेपालको अर्थतन्त्र खतम हुनेछ ।।
देशभित्रको अवस्थाले चल्यो हाम्रो कलम ।।
यो गितको अन्त्य भयो लालसलाम ।।
















