
खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो दल नै समावेशी र समानुपातिक प्रतिनिधित्व गर्ने देशकै एकमात्रै दल भएको बताएको छ ।
निर्वाचन आयोगले विभिन्न दलहरुलाई कानुनी व्यवस्था बमोजिम समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था मिलाउन सूचना प्रकाशित गरेका सन्दर्भमा राजमोले आफ्नो पार्टी सो बमोजिम व्यवस्था मिलाउने देशकै एकमात्र दल भएको स्पष्ट पारेको हो ।
बुधबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवं प्रवक्ता दुर्ग पौडेलले आफ्नो पार्टीमा महिला, दलित, जनजाती, मुस्लिम लगायत समुदायको यथोचित प्रतिनिधित्व रहेको बताउनुभएको छ ।
वक्तव्यमा विभिन्न समुदायबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको विवरण पनि दिइएको छ ।
यस्तो छ वक्तव्यः
‘निर्वाचन आयोगले देशका विभिन्न राजनीतिक दलहरुले संविधान र कानुनले व्यवस्था गरे अनुसार कार्यकारिणी समितिमा समानुपातिक वा समावेशी प्रतिनिधित्वको व्यवस्था नगरेको भनेर आलोचना गरेको तथा त्यस अनुसार व्यवहार गर्न दिएको सूचनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षित भएको छ । त्यस सन्दर्भमा हामीले यो जानकारी गराउन चाहन्छौं कि राष्ट्रिय जनमोर्चाले संविधान र कानुनमा व्यवस्था गरेअनुसार आफ्नो केन्द्रीय समितिमा समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत व्यवस्था गरेको छ ।
हाम्रो पार्टीको केन्द्रीय समितिमा ३१ पूर्ण सदस्यहरु हुनुहुन्छ । जसमा महिलाहरुको संख्या ११ छ । जसको विवरण यस प्रकार छ ः दुर्गा पौडेल (प्यूठान) दलको उपाध्यक्ष, प्रवक्ता र सचिवालय सदस्य हुनुहुन्छ ।
उहाँ बाहेक केन्द्रीय समितिका अन्य महिला सदस्यहरुको नाम यसप्रकार छ : कल्याणी श्रेष्ठ (काठमाडौं), कमला जिसी (दाङ), तारा पौडेल (चितवन), तारा जिसी (प्यूठान), पियारी थापा (बागलुङ), कृष्णा रावल (सुर्खेत), कल्पना भण्डारी (बझाङ), तारा थापा (गुल्मी), इन्दिरा ज्ञवाली (रुपन्देही), मीना पोख्रेल (कपिलवस्तु) ।
हाम्रो केन्द्रीय समितिमा विभिन्न जातिहरुको प्रतिनिधित्व यसप्रकार छः बद्रे आलम (रुपन्देही), मधेशी र मुस्लिम पनि हुनुहुन्छ । उहाँ दलको उपाध्यक्ष हुनुहुन्छ । मोमिना खातुन (सल्लाहकार) ले पनि मुश्लिम र मधेशीको प्रतिनिधित्व गर्नुहुन्छ ।
शेरबहादुर विक (सल्लाहकार) र मञ्जु परियार (सल्लाहकार)ले दलितको प्रतिनिधित्व गर्नुहुन्छ । कल्याणी श्रेष्ठ (पूर्ण सदस्य), झविलाल थापा (पूर्ण सदस्य), पियारी थापा (पूर्ण सदस्य), हेमकुमार गुरुङ (वैकल्पिक सदस्य) काजिलाल वाइवा (सल्लाहकार) अमर थापा (सल्लाहकार) ले जनजातिको प्रतिनिधित्व गर्नुहुन्छ ।
कार्यकारिणीका पूर्ण सदस्यहरुमा महिलाहरुको ३३ प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनुका साथै वैकल्पिक सदस्यमा लक्ष्मी के.सी. र सल्लाहकारहरुमा मोमिना खातुन र मञ्जु परियारहरुले पनि महिलाहरुको प्रतिनिधित्व गर्नुहुन्छ ।
माथिको विवरणबाट राष्ट्रिय जनमोर्चा संविधान र कानुन अनुसार महिला, जनजाति, मधेशी, मुस्लिम र दलित समेतको समानुपातिक र समावेशी प्रतिनिधित्व गर्ने दल भएको कुरामा कुनै शंका रहन्न । सम्भवतः राष्ट्रिय जनमोर्चा त्यस प्रकारको समानुपातिक वा समावेशी प्रतिनिधित्व गर्ने देशको नै एकमात्र राजनीतिक दल हो ।
अन्य कुनै दल वा संगठनहरुले पनि त्यसप्रकारको समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको भए त्यो स्वागतयोग्य कुरा हुनेछ । तर जसले आफ्नो केन्द्रीय समितिमा त्यसप्रकारको प्रतिनिधित्वको व्यवस्था गरेका छैनन्, उनीहरुसित त्यसप्रकारको व्यवस्था गर्नको लागि हामीले अनुरोध गर्दछौँ । वास्तवमा यो प्रश्न महिला, मधेशी, मुस्लिम, दलित र जनजातिहरुको अधिकारको संरक्षणको प्रश्न हो ।
उनीहरुले लामो संघर्षपछि नै त्यसप्रकारको अधिकार प्राप्त गरेका छन् । जसमा राजनीतिक दलहरुको पनि महत्वपूर्ण योगदान रहेको छ । उनीहरुले (राजनीतिक दलहरुले) उनीहरुको त्यसप्रकारको अधिकारको रक्षाको लागि प्रतिबद्धता पनि गरेका छन् ।
तर उनीहरुले नै आफ्ना दलहरुको कार्यकारिणी समितिहरुमा त्यसप्रकारको प्रतिबद्धतालाई लागु नगर्नु दुःखको कुरा हो । हामीले त्यसप्रकारको प्रतिबद्धतालाई कार्यान्वयन गर्न उनीहरुसित अनुरोध गर्दछौँ ।
उक्त प्रश्नमा हामीले निर्वाचन आयोगको पनि गम्भीर प्रकारको ध्यानाकर्षित गराउन चाहन्छौँ । विभिन्न दलहरु दर्ता भएको यति लामो समय बित्दा वा निर्वाचन आयोगले बारम्बार त्यसबारे ध्यानाकर्षित गराउदा पनि त्यसअनुसार दलहरुले समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था नगर्दा पनि त्यस सम्बन्धि कानुनलाई लागु गर्न निर्वाचन आयोगले कडाईपूर्वक कारबाही नचलाएकोमा हामीले त्यसको (निर्वाचन आयोगको) आलोचना गर्न चाहन्छौँ ।
त्यसबारे पटक पटक सूचना निकाल्नु मात्र प्रयाप्त छैन । राजनीतिक दलहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गराउन कडा कदम चाल्नको लागि हामीले निर्वाचन आयोगसित माग गर्दछौं ।’