कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले क्यान्सर पिडित प्रदिप नेपाली बर्ष २६ लाई आर्थिक सहयोग गरेको छ ।
पर्बत जिल्ला फलेबास नगर पालिका ७ लिमिठाना पर्वत स्थायी निवासी गोपिलाल नेपालीका छोरा प्रदिप नेपाली हाल केरला राज्यको आलापुणा जिल्ला अन्तरगत चेट्टिकुलङ्गारा स्थित एक सामान्य होटलमा कार्यरत हुनुहुन्थ्यो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका साधारण सदस्य प्रदिप नेपाली केही लामो समयदेखि उपचारको क्रममा तिरुबनन्तपुरम आरसिसिमा उपचारको लागि जाने आउने क्रममा रहि आउनुभएको थियो त्यसै दौरान मार्च २२ देखि कोरोना कोभिड १९ को लकडाउन पश्चात तिरुबनन्तपुरम आरसिसिमा जान आउन दुरिको समस्या परेको हुँदा हाल आलापुण भण्डानम मेडिकल कलेजमा डाक्टरहरुको सर सल्लाह अनुसार उपचारको लागि जाने आउने क्रममा हुनुहुन्छ ।
लामो समयदेखि उपचारको क्रममा रहनु भएका प्रदिप नेपाली लकडाउ पश्चात सामान्य रोजगारि पनि गुमिसकेको अबस्थामा आफन्तको सहारामा आफ्नो दैनिकी साथै उपचार्थको रकमदेखि अत्यन्तै पिडित अबस्थामा पुग्नु भएको जानकारी पश्चात कोरोना भाईरसका बाबजुद पनि एउटा जीवनको मूल्यलाई मध्यनजर गरि नगर अन्तर्गत पर्ने सबै टोल एरियाहरुमा कार्यरत आफन्तजनहरु कार्यकर्ताहरु र सहयात्रि साथीहरु तथा शुभचिन्तकहरुको ठूलो पहल र योगदानले गर्दा उहाँप्रति आर्थिक संकलन जुटाउन सफल भए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिद्वारा सञ्चालित आर्थिक संकलन कार्यमा जुट्नुहुने आफन्तजन कार्यकर्ता सहयात्री साथीहरु तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै क्षेत्रीय सल्लाहकार तथा नगर अध्यक्ष धर्मराज शर्मा, नगर सचिब मनोज जिसि, क्षे.स. तथा नगर सदस्य भद्र बहादुर थापा र केन्द्रीय तथा नगर सदस्य चोबनाथ शर्माको रोबहरमा संकलित आर्थिक भा.रु. ३१ हजार ९ सय ५० हस्तान्तरण गरिएको छ । प्रदिप नेपालीले समाजप्रति धन्यवाद प्रकट गरेका थिए भने समाजका सम्पूर्ण कार्यकर्ताहरुले सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
















