चेन्नईमा एक जना नेपाली युवकद्वारा आत्महत्या

महेन्द्र बस्याल
चेन्नई । तामिलनाडुको राजधानी चेन्नई आत्माहत्या गरेका छन् । उनी गुल्मी रूरू गाउँपालीका ६, निबासी गंगा बहादुर दर्लामी मगरका छोरा डिल बहादुर दर्लामी मगर रहेको जानकारी खुल्न आएको छ ।
बर्ष २५, डिल बहादुरले हाल चेन्नईस्थित ताम्बाराममा रहेको जिकेएम इन्जीनिएरिङ कलेजमा कार्यरत थिए । उनले १२ अगस्त २०२० का दिन डिउटी कै समयमा झुण्डीएर आत्माहत्या गरेको स्थानीय प्रशासनले जनाएको छ ।

संगै काम गर्नेहरूले देखेपछि तुरून्तै कलेज म्यानेजमेन्ट र प्रशासनलाई जानकारी गराएका थिए । पेरंगलातुर पुलिस स्टेशनले घटनाको बारेमा जाँचबुज गर्दा अविवाहित निज डिल बहादुर दर्लामी प्रेम प्रसंगमा तनावग्रस्त भइ आत्माहत्या गरेको निष्कर्ष निकालेको छ ।

डिल बहादुरका भाई तिल बहादुर पनि दाजुसंगै नाइट डिउटी मै थिए । भाइलाई पनि दाजुको बारेमा कतिपय कुरा जानकारी भएकोले प्रहरीलाई केश डिल गर्न सहज भएको बताइएको छ । उनले नेपाल कै कुनै जिल्ला जिल्लामा घर भइ हाल भारतको हरियाणामा काम गर्ने एक जना केटीसँग फेसबुकमार्फत साथी बनेर दुवै जना विवाह समेत गर्ने बचनबद्धता गरेको खुल्न आएको प्रशासनले जनाएको छ । प्रहरीका अनुसार मर्ने दिन अबेरसम्म रूँदै फोनमा कुरा गरेका रेकडीङ हात परेको छ ।

मृतक डिल बहादुरका बुवा आमाले छोराको अन्तिम मुख देख्ने इच्छा गरे पछि कलेज प्रशासनले निजको पार्थिव शरिरलाई भाइ तिल बहादुर दर्लामीको जिम्मा लगाएर एम्बुलेंसद्वारा स्वदेश पठाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार