जयपुर । मोटर साईकिल दुर्घटनामा परि गम्भीर घाइते कमल परियारलाई मूल प्रवाह अखिल नेपाली एकता समाज जयपुर उत्तर, दक्षिण तथा मानसरोवर पत्रकार कालोनी एरिया समितिको पहलमा आर्थिक सहयोग गरिएको छ ।
जिल्ला अर्घाखाँची, साविक पणेना गाविस ९, बांसा रुख घर भई हाल रोजगारको क्रममा पञ्जाबको लुधियानामा कार्यरत र हाउस नं ३२२, लालकोठी रोड, माडल टाउन, लुधियानामा बस्ने कमल परियार आफु, श्रीमती र बच्चा सहित १ अगस्तका दिन लुधियानामा मोटर साईकिल दुर्घटनामा परि गम्भीर घाइते बन्न पुगे ।
त्यस पश्चात उपचारको क्रममा आर्थिक समस्या परे पछी कमल परियारका भाई प्रेम परियार (जो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणद्वारा सञ्चालित मानसरोवर पत्रकार कालोनी एरिया समितिमा क्रियाशिल हुनु हुन्छ) ले आफ्नो दाजुको उपचारको लागि आर्थिक सहयोग पाउँ भनि निवेदन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणमा पेस गर्नु भएको थियो ।
त्यस पश्चात मूल प्रवाह नगर समिति जयपुर उत्तर, जयपुर दक्षिण तथा मानसरोवर पत्रकार कालोनी एरिया समितिको पहलमा आर्थिक संकलन गरियो । यसरी संकलित आर्थिक रकम रु. १३ हजार ३०० सय १५ अगस्त २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली, सचिव नारायण ज्ञावलीको उपस्थितिमा जयपुर दक्षिणका अध्यक्ष रिम राना र जयपुर उत्तरका उपाध्यक्ष मंगलसिंह खड्काले पीडितकी बुहारी सिता परियारलाई हस्तान्तरण गरिएको छ ।
















