चेन्नईमा फेरि अर्को दुःखद घटना घट्यो

चेन्नई । वर्तमान समयमा सामाजिक सञ्जाल कतिपयको लागि घातक सिद्ध हुने गरेको छ । चेन्नईको किल्पाकस्थित विजय टावर फ्लाटमा कार्यरत एक नेपाली युवकले आफ्नो रूममा फ्यानमा रसीको पासो लगाएर आत्माहत्या गरेको समाचार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले जानकार दिनुभएको छ । राजेशको लागि पनि सामाजिक सञ्जाल फेसबुक गल्पासो बन्न पुगेको बताइएको छ ।

बस्यालका अनुसार उनी बाग्लुङ, जैमिनी नगरपालिका ८, छिस्ति बाङलिङ निवासी दल बहादुर नेपालीका छोरा बर्ष २२ का राजेश नेपाली परिचय खुलेको छ । मृतक राजेश नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत किल्पाक एरियाका सदस्य थिए । त्यसका साथै उनी राम्रो भलिवल खेलाडी पनि थिए ।

राजेशले फेसबुक मार्फत नेपालको धादिङ जिल्ला निवासी एक युवतीसँग प्रेम गरेको कुरा निजको फेसबुक च्याटिङ र भिडीयो कलबाट जानकारी भएको दाजु कुमार नेपालीले बताए ।

२५ अगस्त २०२० का दिन करिब ८ बजे बिहानबाट उनकी प्रेमीकासँग कुरा गरिरहेको प्रमाण उनको च्याटबाट जानकारी हुन आएको छ । उनले प्रेमीकासँग कुरा गर्ने क्रममा आत्महत्या गर्न लागेको प्रष्ट जानकारी गराएका रहेछन । डोरीको पासो लागाउने देखि झुण्डीएर आँखा रातो भएर प्राण जाने बेलासम्म आफ्नो भिडीयो खिचेर प्रेमीकालाई पठाएका रहेछन् ।

जब कुराकानी बन्द हुन्छ, तब केटीका तर्फबाट लगातार भिडीयो कल गरेको राजेशको मोबाइलबाट जानकारी खुल्न आएको छ । निजले नदेखेको र नचिनेको अञ्जान युवतिसँग प्रेम प्रसंग जोडेर अकालमा ज्यान गुमाएका छन् । चेन्नईमा करिव ६ महिना यता आत्महत्याको यो ८ औं घटना हो ।

यस प्रकारका कायर्तापूर्ण आत्महत्या गर्नुको जीवनमा कुनै अर्थ रहदैन र यस्तो गलत बाटो कसैले पनि नरोज्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हार्दिक अपील गर्दछ ।

निज राजेशको मृत्युको खबर सुन्दै गर्दा पंक्तिकार र साथीहरू प्युठान निबासी गिर बहादुर केसीको शव दाहासंस्कार गर्दै थिए । फेरी राजेशको उक्त दुःखद समाचार सुनेर सबै जना स्तब्ध भएका थिए ।

किल्पाकको जि ३ पोलिस स्टेशनका इन्सपेक्टरले घटनाको छानविन गरेका थिए । २६ अगस्त २०२० का दिन प्रशाशनसँग सम्बन्धित कानुनी प्रकृया मिलाएर किल्पाक मेडीकल कलेज एवं हस्पिटल, चेन्नईमा मेडीकलसँग सम्बन्धित प्रक्रिया पुरागरेर मृतक राजेशको शवलाई उनको रूममा लगेर आफन्तजनलाई अन्तिम भेटन गराई नुंगामबाक्कम संशानघाटमा करिब ५ बजे दाहसंस्कार गरिएको थियो ।

दाहासंस्कारको दौरानमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय समिति सदस्य ज्योतिनारायण सुबेदी, उमानन्द आचार्य, दयाराम खनाल, चेन्नई पश्चिम नगर सहसचिव यामकुमार नेपाली, दक्षिण नगर सदस्य टेक बहादुर नेपाली, दल बहादुर नेपाली (अड्यार), सुरेश थापा, दल बहादुर नेपाली (प्रेस), बुद्ध नेपाली, प्रेम नेपाली, रामकुमार नेपाली, पिता दल बहादुर नेपाली, दाजु कुमार नेपाली, लंक नेपाली, जीवन हितांक, चक्र नेपाली, लक्षुमन नेपाली, केशब नेपाली संगठनका कार्यकर्ताहरू र आफन्तजनहरुको उपस्थिति रहेको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल, चेन्नई पश्चिम नगर सह सचिव यामकुमार नेपाली लगायतको टोली घटना स्थल फ्लाटको म्यानेजमेन्टसँग कुरा गरेर केही क्षेतिपूर्ति दिलाउन प्रयत्न गरेको थियो ।

निज राजेश नेपालीको दुखद निधन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति भावपूर्ण हार्दिक श्रद्धांजलि प्रकट गर्नुका साथै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार