योद्धाको शरीर नै ढलेर गए ता पनि,
त्यो हाड र छाला गलेर गए ता पनि ।
बाँची रहने छ आस्था युगौंयुग तिम्रो,
आगोमा भौतिक जलेर गए ता पनि ।
पातलो शरीर भित्र बिशाल त्यो मुटु,
हाँक्यो दुश्मनले छलेर गए ता पनि ।
एकताको मुट्ठी फलामको छाती थ्यो,
लडि रह्यो दुश्मन फलेर गए ता पनि ।
भोक भनेन् प्यासनै भनेन् हिंड्दै गर्यो,
दुखै दुःख उसैका पलेर गए ता पनि ।
सुरेशकुमार पाण्डे
















