१०३ वर्षका पुराना कम्यूनिष्ट नेता गुरुङको जनवादी क्रान्ति देखेर मर्ने चाहना

प्यूठान, भाद्र २५ । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, २०१० सालमा स्थापना भएको नेकपा प्युठानका संस्थापक सदस्य का. खगुलाल गुरूङले आफ्नो १०३ औं जन्म उत्सवको अवसरमा नेपालमा नौलो जनवादी क्रान्ति देखेर मर्ने ईच्छा रहेको दृष्टता ब्यक्त गर्नुभएको छ ।

नेकपा (मसाल) का महामन्त्री का. मोहन बिक्रम सिंहसँगै लामो सहयात्रा गरेको विवरण सुनाउदै– “धेरै बाँच्ने रहर त छैन तर नयाँ जनवादी क्रान्ति भएको देखेर मर्न पाए हुन्थ्यो” गुरुङले ईच्छा ब्यक्त गर्नुभयो ।

गौमुखी गाउपालिका ७ कोईरा का. गुरूङ कै निवासमा आयोजित संक्षिप्त कार्यक्रममा संघीय सासंद, राजमो उपाध्यक्ष तथा प्रबक्ता का. दुर्गा पौडेलले का. गुरूङ नेपाली कम्युनिस्ट आन्दोलनको धरोहर र जिउँदो इतिहास कम्युनिस्ट आन्दोलनको खजाना बताउँदै वहाँको १०३ औं जन्मउत्सवमा पार्टीको तर्फबाट दिर्घायुको शुभकामना दिनुभयो ।

राजमो प्रदेश सांसद तारा जिसी, नेकपा (मसाल) प्यूठानका प्रबक्ता का. ज्ञामुराम न्यौंपानेले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

राजमो प्युठानका सदस्य सिद्दीमान जिसीको अध्यक्षता, अखिल (छैटौं) का केन्द्रीय सचिव सुभाष जिसीको सञ्चालनबाट अघि बढेको सो कार्यक्रममा जनप्रतिनिधिहरू झिमरूक कि उपाध्यक्ष पवित्रा जिसी, वार्ड ७ का वार्ड सदस्य ज्ञान बहादुर कुँवर, रूपन्देही प्रबक्ता नारायण जिसी, शिक्षक संघ प्यूठान जिल्ला समिति सदस्य शंकर बस्नेत, अनेमसंघ केन्द्रीय पार्षद तारा पुरी, राजमो गौमुखी वार्ड ७ का अध्यक्ष चन्द्र केएमको पनि आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार