बाँकेको कल्लुपुरमा राजमोको टोलसमिति गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ कल्लुपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।

मिरादेवि शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विष्णु तामाङ, सचिव रश्मि शाहा र कोषाध्यक्षमा सपना रैदास चयन हुनुभएको छ । नौ सदस्यीय समितिका सदस्यहरुमा उमर बागबान, रत्ना शाह, देबिसिंह ठकुरी, सन्जु यादव र गिता श्रेष्ठ रहनुभएको छ ।

भेलामा अखिल नेपाल किसान महासंघका माहसचिव तुल्सीराम सापकोटा, अखिल नेपाल युवक संघका महासचिव कृष्ण राज पाण्डे, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, अखिल (छैटौं) का जिल्ला अध्यक्ष नमराज चन्द लगायत नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

राम सागर चमारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रश्मि शाहाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार