मूल प्रवाहद्वारा संकलित राहत जैमिनीका पहिरो पीडितलाई हस्तान्तरण

जनक पौडेल, केरला (भारत)
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम (केरला) नगर समिति अन्तर्गत पर्ने कटपन्ना एरिया समितिले बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे सिम्लेका पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ ।

गत भदौ २८ गते सिम्ले गाउँमा गएको पहिरोमा परी स्थानीय जलपादेवि पौडेलको ज्यान जानुका साथै घर बगाएको थियो । मृतकका परिवारलाई राहतस्वरुप मूल प्रवाहका सदस्यहरुले रकम संकलन गरी नेपाली पठाएका हुन् ।

मूल प्रवाहले पठाएको नगद १७ हजार ५० रुपैयाँ राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जैमिनि नगरपालिका–५ बिनामारेका वडा अध्यक्ष गोपाल पौडेल र स्थानीय समाजका अगुवामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टाम नगर समितिले सहयोगीहरुप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार