लुधियाना, २४ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका पूर्व नगर सदस्य एवं सिवील लाइन एरिया समितिका भुपु अध्यक्ष देवराज ऐर (वर्ष–४७) को हिंजो राती निधन भएको छ । पारिवारिक श्रोतका अनुसार ऐरको डेंगुको घातक विमारीको कारण निधन भएको बताइएको छ ।
डडेलधुरा जिल्ला, अजयमेरु गाउँपालिका २, धर्मघर निवासी देवराज ऐरको जन्म २०३० असार ९ गते आमा दुर्गादेवी ऐर र वुबा करन वहादुर ऐरको कोखबाट भएको थियो । वहाँ रोजी–रोटीको खोजीमा भारतको पञ्जाबको लुधियानास्थित गगनजित क्लोनी भटियामा परिवार सहित वस्दै आउनुभएका ऐरको असमयिक निधन पछि आज वहाँको पार्थिव शरीरको आज मूल प्रवाहका कार्यकर्ताहरु, पारिवारिक सदस्यहरु, आफन्त तथा शुभ चिन्तकहरुको सहभागितामा अंतिम संस्कार गरिएको छ ।
संस्कार पछि मूल प्रवाह लुधियाना नगर समितिले शोकसभा सम्पन्न गरेको छ । नन्दराज भण्डारीको अध्यक्षतामा तथा खुमबहादुर थापाको सञ्चालनमा सम्पन्न शोकसभामा २ मिनट मौनधारण पश्चात वहाँको योगदानको चर्चा गर्दै शोकमन्तव्य दिने वक्ताहरुमा सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य उदयसिंह चन्द, रामचन्द्र पौडेल, नगर समितिका वलबहादुर केसी, खुमबहादुर थापा र नरेश वोहोरा लगाएत हुनुहुन्थ्यो ।
















