धर्म सुनार/रोहतक
लकडाउन पश्चात मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु धमाधम संगठन निर्माण कार्यमा अगाडि बढ्नु भएको छ । सोही अनुसार २७ सितम्बर २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गतको सेक्टर १४ स्थित रहने श्रमजिवी नेपालीहरु बीच टोल समिति गठन गरिएको छ ।
नगर समितिका सदस्य सुभाष गौतम र गणेश शर्माको पहल तथा मोहनसिंह बिक र धर्म सुनारको विशेष उपस्थितिमा ७ सदस्यिय टोल समिति गठन गरिएको छ ।
जसमाः अध्यक्ष– राम बहादुर थापा, सचिव– चोपालाल गौतम, कोषाध्यक्ष– मिना गौतम, सदस्यहरुमा क्रमशः सावित्रा दमसे, शिवरञ्जन सुनार, तारा गौतम र लक्ष्मी थापा रहनु भएको छ ।
















