कुवेतमा मोरङका युवकको हृदयघातबाट मृत्यु

खुम रायामाझी, कुवेत ।
कुवेतमा एक नेपालीको हृदयघातबाट मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका खुसीलाल राजबंसीको गत २७ सेप्टेम्वरका दिन मृत्यु भएको हो ।

४३ वर्षीय राजबंसी बिगत ६ वर्षदेखी कुवेतको अल मिस्रिफ (कार वास) कम्पनीमा कार्यरत थिए ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालले राजबंसीको मृत्यु बारेमा दूतावासलाई जानकारी प्राप्त भएको बताउनुभयो।

सिलवालका अनुसार मृतकको परिवार र कम्पनीसँग सम्पर्क भइसकेको छ भने आवश्यक कानुनी प्रक्रियाका लागि पहल गरिएको छ ।

यद्यपी मृत्यु हृदयघातबाट भनिए पनि पूर्ण विवरण भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार