मूल प्रवाहको पहलमा मृतकको परिवारलाई आर्थिक सहयोग

टंक कुंवर/तारापुर

५ अक्टुवर । महाराष्ट्र राज्यको तारापुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको सक्रियतामा आर्थिक स्थिति नाजुक भएका मृतक केशव कुँवरका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

गुल्मी जिल्ला, सत्यवति गाउँपालीका २, चेहेमी पुर्वेटोला स्थायी घर भएका कुँवरको तारापुरमा २३ सेप्टेम्वर २०२० का दिन हृदयघातको कारण निधन भएको थियो ।

मृतक केशव कुंवरको शव दाहासंस्कार गर्ने क्रमका तारापुरमा विभिन्न स्थानमा रहनुभएका नेपाली दाजुभाईहरुबाट ने.रु. ३७ हजार रकम आर्थिक सङ्कलन गरि १३औं दिनको दिन मृतकको परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । स्व.केशव कुँवरको परिवारमा श्रीमति एउटा छोरा र छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार