बुटवल : प्रदेश ५ को राजधानीको विषयमा मंगलबार भएको मतविभाजनमा तीन जना सांसदले पक्ष विपक्षमा मत नदिई बहिष्कार गरेका छन्। सरकारले बहुसंख्यक जनताको हीत विपरीत प्रस्ताव ल्याएको भन्दै तीन सांसदले मत बहिष्कार गरेका हुन्।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डे र सांसद कल्पना पाण्डेले मत बहिष्कार गरे। यी दुई रुपन्देही र अर्घाखाँचीका प्रतिनिधि हुन्। प्युठानबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद बनेकी तारा जिसीले समेत राजधानीको भोट बहिष्कार गरिन। यी तीनै सांसदले प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा भने मत दिएका छन्।
प्रदेश सभामा ८७ मध्ये ८५ जना सांसद उपस्थित थिए। कांग्रेसका प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमाल बैठकमा सहभागी नै भएनन्। सभामुखले निर्णायक मत मात्रै दिने व्यवस्था रहेको छ।
अन्नपूर्णबाट
















