श्रीमानकै अगाडि सामूहिक बलात्कार काण्डः जन्म कैदको फैसलाप्रति पीडित पक्ष असन्तुष्ट

बेल बहादुर रजाली मगर, राजस्थान  (भारत) ।

भारतको बहुचर्चित थानागाजी बलात्कार र भिडियो भाईरल काण्डका ५ जना दोषीमध्ये ४ जनालाई उम्र कैद र अर्थ दण्ड (जन्म कैद र जरिवाना) को सजाय सुनाइएको छ । यस्तै एक जनालाई ५ वर्ष कैद र जरिवाना गरिएको छ ।

यसबारे आफ्नो फैसला दिने क्रममा अनुसूचित जाति जनजाति अत्याचार निवारण कोर्टका विशिष्ठ न्यायाधीश बृजेश कुमार शर्माले यो घटनालाई रामकालीन सीताहरण र कृष्णाकालीन द्रौपदीहरण भन्दा पनि गम्भीर भएको बताएका छन् ।

घटना पछिल्लो वर्ष २६ अप्रैल २०१९ का दिन राजस्थानको अलवर जिला अन्तर्गत थानागाजी क्षेत्रमा घटेको हो । त्यो दिन आफ्नै श्रीमानसँग बाइकमा जाँदै गर्दा बाटोमा बाइक रोकी श्रीमानलाई बन्धक बनाई ५ जनाले बलात्कार गरेका थिए ।

त्यति मात्र नभई ती मध्ये एक जनाले भिडियो बनाएर सोसल मिडियामा भाइरल गराएपछी त्यो घटना व्यापक चर्चित बनेको थियो र दोषीलाई कडा सजायको माग भई रहेको थियो ।

घटनाको रिपोर्ट २ मई २०१९ का दिन थानागाजी पुलिस थानामा दर्ज भएपछी कारवाही अगाडि बढ़ेको थियो । आज ५२८ दिनपछी आएको फैसलामा दोषीहरु मध्य हंसराजलाई जन्म कैद र तीन लाख २९ हजार हजार पाँच सय जरिवाना, छोटेलाल गुर्जरलाई जन्म कैद र दुई लाख ५९ पाँच सय जरिवाना, अशोक र इन्द्राजलाई पनि जन्म कैद र दुई लाख २९ हजार पाँच सय जरिवाना, तथा मुकेश गुर्जरलाई ५ वर्ष जेल र एक लाख दुई हजार जरिवाना गरिएको छ ।

उता पीड़ित परिवार भने यो फैसलाबाट सन्तुष्ट छैन । पीड़ितका देवरले बलात्कारीलाई फांसी सजाय हुनुपर्ने माग गर्दै फेरि अदालतमा जाने बताएका छन् । यी अपराधीहरुलाई अहिले भारतमा कलीयुगका रावण र दुर्योधनको रुपमा चित्रित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार