सिलवासा, ७ अक्टुबर । मूल प्रवाह खखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत रहेको सिलवासा नगर समितिको भेला सम्पन्न भएको छ । सातौं सम्मेलन पछिको प्रथम भेला कार्यक्रमको दिपेस लिम्बुले र अध्यक्षता छोटेलाल चौधरीले गर्नुभएको थियो ।
भेलामा केन्द्रिय सदस्य गोविन्द बहादुर थापाको प्रमुख आतित्थ्यता र केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष आतित्थ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि भेलामा सहभागिहरुलाई मनोज थापाले स्वागत गर्नुभएको थियो ।
भेलाको उद्घाटन गर्दै केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको थियो । थापाले समाजको उदेश्य र महत्वको बारे विचार राख्नु भएको थियो ।

बेदबहादुर कार्कीले नयाँ समितिमा रहनु भएका पदाधिकारीहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । जसमाः अध्यक्ष– छोटेलाल चौधरी, उपाध्यक्ष– मनोज थापा, सचिव– दिपेश लिम्बु, सहसचिव– राजेन्द्र चौधरी र कोषाध्यक्षमा खुसिराम चौधौरी रहनुभएको छ ।
त्यस्तै सदस्यमा : राजाराम चौधरी, दिलिप खरेल, जेविलाल थापा, दामोदर थापा, शिव राई, राम किसन थारु, झामत चौधरी, भास्कर चौधरी, राम बहादुर थापा, वैकल्पिक सदस्यमाः जीत बहादुर थापा, मान बहादुर थापा र नर बहादुर थापा रहनु भएको छ । त्यस्तै भेलाले बालकृष्ण चौधरी र धु्रव राईलाई सल्लाहार चयन गरेको छ ।
नयाँ निर्बाचित समितिलाई प्रमुख अतिथी गोविन्द बहादुर थापाले सुभकामना दिनुभएको थियो ।
















