गजल– अनौठो के भो र ?

सुशील एकीकृत

झालेसँग माले मिले अनौठो के भो र ?
अर्को उस्तै खाले मिले अनौठो के भो र ?

बैचारिक, चारित्रिक र नाता रगतको हुन्छ
छोरासँग बाले मिले अनौठो के भो र ?

आकार, प्रकार र कार्यमा भिन्नता छ र पनि
ंिसंगानेसँग राले मिले अनौठो के भो र ?

जुरी र पुच्छरेले मेल खाँदैन त पनि
पोथीसँग भाले मिले अनौठो के भो र ?

कमाउनु र कुम्ल्याउनु सारा थोक भैदिएपछि
चोरसँग पाले मिले अनौठो के भो र ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार