कथा : फलामको साङ्गलोमा काले

तारा सोमारे

कथा : वास्तविक घटनाका, पात्र काल्पनिक

हाम्रो देशको अर्ध सामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्थाको कारण तथा गरीवी तथा वेरोजगारी र गरिबीले तडपिएर भोको पेट पाल्न संसार भरिका देशहरुमा रोजगारीको लागि लाखौं युवाहरु भौतारिन बाध्य छन् ।

अन्य देशहरुमा रोजगारीको लागि जाने युवाहरुको शारीरिक दक्षताको साथ स्वास्थ चेकअप गरि उमेर पुगेका युवाहरूलाई मात्र श्रममन्त्रालयद्वारा श्रम स्वीकृत देशहरुमा पठाउँने र जाने गर्दछन् । श्रम स्विकृति देशहरुमा जाने युवाहरुको पासपोर्ट, बिजा लाग्ने भएको हुँदा उनीहरु बिदेशमा जादा वहाँ पुगेर गर्ने कार्य, तलबको जानकारी पहिला नै हुने गर्दछ । बिदेशमा पुगिसके पछी कैयन युवाहरूलाई अप्ठ्यारो परेपनि वहुसंख्यक युवाहरूलाई देश छोडने पीडा भए पनि आर्थिक रुपमा केहि न केही सहयोग पुग्ने गरेको पाईन्छ । तेश्रो मुलुकमा जाने सबै युवाहरु नै भएको हुँदा त्यहाँ बाल मजदुरहरुको संख्या हुँदैन त्यो सुखद बिषय हो ।

अर्को तर्फ रोजगारीको क्रममा छिमेकी देश भारतमा पनि नेपालीहरु आउँने जाने क्रम अत्यधिक मात्रामा पाईन्छन् । भारतमा आउने उमेर पुगेका कामदार मात्र नभएर बाल मजदुरको संख्या पनि अत्यधिक छ । प्रथम : छिमेकी देशसँग दुबै देशको साझा सम्झौता, सजिलोसँग स–साना रोजगार भएपनि छिटो छरितो पाईने गर्दछन् । द्धितियः छिमेकी देशसँगको खुल्ला सिमाना, मिल्दोजुल्दो संस्कृति, थोरै लगानिमा आउन सक्ने भएको हुँदा र हाम्रो देशको विकास नहुनु त्यहाँ हुर्किरहेको बच्चाहरुमा लाहुरे बन्ने सपना बाहेक अन्य योजना नहुनु, घरको आर्थिक अवस्था नाजुक हुनु बाल श्रमको लागि आउन बाध्यता देखिएको छ । भारतमा आउने १२÷ १३ वर्षदेखि लिएर ६५–७० वर्षसम्मका मानिसहरु आउने गर्छन् । वैदेशिक रोजगरिमा सबैको सपना पूरा गर्छन् भन्ने छैनन् । कतिपय युवाहरू घर परिवारको अनुशासन रुपमा जिम्मा लिदै आर्थिक रुपमा सप्पन्न हुनुभएको छ । केही युवाहरु आफ्नो कमिकमजोरी गर्दा बिदेशमा अलपत्र पर्ने वाहेक अनेक असामाजिक गतिविधिका कारण कष्टमा पर्ने पनि रहेका छन् ।

आज म घरको आर्थिक रुपमा अत्यन्तै बिपन्न परिवारको १३ वर्षको बच्चा आफ्नो काधँमा ठूलो जिम्मेवारी बोकेर भारतमा मजदुरी बिताएका दिनहरु र अहिले उसको वर्तमान कसरी बितेछ भन्ने केही वास्तविक घटनालाई काल्पनिक नाम द्धारा बाबुको जिवनी र आउने युवाहरूलाई नकारात्मक कार्य वा बाटो हिंड्न् हुँदैन भन्ने शिक्षा राखुन भन्दै सानो लेख लेख्ने प्रयास गरेको छु ।

करिब आजभन्दा सात वर्ष अगाडि सन् २०११–१२ तिर हरियाणा राज्यको हिसारमा करिव १३ वर्षको काले (काल्पनिक नाम) गरेको बालक परिवारको आर्थिक अत्यन्तै नाजुक भएको हुँदा साझ बिहान छाक टार्न धौं–धौं घरमा जिम्मेवारी लिनसक्ने सदस्य त्यही मात्र भएको हुँदा केही पीडा कम गर्न सक्छु कि भनेर सानो झोला बोकि आएको थियो ।

नेपालमा काले र मेरो घर अलिक टाढा भए पनि यहाँ एउटै शहर नजिकै भेट भयौं दबै मजदुर भएपनि कालेको उमेर अपरिपक्क भएको हुँदा मलाई भन्दा केही दुःख थियो । बजार आउने जाने क्रममा कालेसँग मेरो भेट लगभग भईराख्ने हुँदा मसँग अलि बढी घुलमिल भएको थियो ।

देख्दा उमेरमा सानो भएपनि घरको परिस्थितिले र भोको पेटले गर्दा आफ्नो उमेरका केटा–केटी भन्दा केही परिपक्क भएको उसको बिचारहरुबाट थाहा लाग्दथ्यो । सबैसँग हाँसेर बोल्ने घरायसी कुराहरु गर्ने भाई बहिनिहरुलाई धेरै पढाइ म जस्तो अनपढ राख्ने हैन, बाबा–आमाको सेवा गर्नुपर्छ जस्ता बिषयमा चर्चा गर्दथ्यौं । साहेद त्यसको त्यही सोंच सबैसँग हाँसेर बोल्ने बानिले कालेलाई सबैले मायाँ गर्ने गर्दथे ।

सन् २०१३ देखि २०१७ सम्म कालेसँग मेरो भेटघाट हुन्थ्यौं, पछि एकाएक कहाँ गयौं मलाई थाहा भएन । छरछिमेकमा बस्नेहरुलाई पनि यहिं जान्छु भनेर गएको रहेनछ । अलि पछि एकजना उसको साथी मिल्यौं ।
बाबु काले काहाँ गयौं ?

अर्कै शहरमा गएर नोकरी लागेछ भन्ने आधा अधुरो जानकारी पाएको थिए ।
कोभिन १९ (कोरोना माहामारी) को दौरान आज भन्दा दुई महिना पहिला

एकजाना अपरिचित व्यक्तिले फोन गर्दै–

म चौकीबाट पुलिस बोलेको छु ।

हजुरहरु चौकिमा आउनु पर्यौ ।

मैले किन आउँने ?

हजुरहरु सामाजिक कार्यकर्ता भएको हुँदा हजुरहरुकै देशको एउटा युवक काले नाम गरेको चोरीको आरोपमा समातिएको छ ।

हजुरहरुलाई यसको बारेमा केही जानकारी छ भने हामीलाई दिनु हुन्छ कि भनेर फोन गरेको हुँ ।

पुलिसले यति भनिसके पछि नेपाली शब्दले मलाई को होला भनेर एकजाना साथिलाई लिएर संबन्धित चौकिमा पुगें ।

हामी बस्ने देखि नजिकै रहेको चौंकिमा पुगेर–

हजुरले फोन गर्ने व्यक्ती हामी हौं ।

टेवलमा राखेको उजुरी निवेदनलाई देखाउँदै भन्यो– काले आफ्नो साथिको मोबाईल चोरी गरेर भागिरहेको अवस्थामा पक्राउ गरि चौकिमा ल्याएको हौं ।

उजुरी निवेदनमा लेखिएको नेपालको ठेगाना र नामबाट चिन्न गार्हो थियोे । हामीलाई कालेसँग मिलाउन सक्नु हुन्छ वा मिल्न सक्छौं भनि अनुरोध गरेपछी अधिकारी बसेको कमारा भन्दा बाहिर पट्टिको कमरा बताउँदै जानुस मिलेर आउँनुस भनेपछी त्यहाबाट उठेर कालेलाई राखेको कमरामा को रहेछ भनि हेर्न गयौं ।

त्यहाँ गएर हेर्दा मलाई अचम्मित लाग्यो एकछिन् त मैले देखिरहेको मेरो नजरको कमजोरी हो वा सत्य हो विश्वास नै गर्न गाह्रो पर्यौं । त्यहाँ फलामको जंजिरमा बाधिएको अरु कोहि नभएर त्यहिँ चार वर्ष पहिला बिछोड भएको काले रहेछ । मैले उजुरी पत्रमा लेखिएको विवरणको बारेमा कालेलाई के यो सबै यथार्थ हो वा तिमिलाई कसैले फसाउन खोजेको छ भनेर सोध्दा उसको उत्तरले मलाई अत्यन्तै दुखी बनायौं र अझैपनि विश्वास नलागी फेरि सोध्दा पनि उसको उत्तर हो मैले गल्ति गरेको नै हो भन्यौ ।

किन ? र कसरी यहाँसम्म पुग्यौं बाबु ?

काले चारपाँच वर्ष देखि गलत बाटोमा गलत साथीहरूको साथ लागेर गाजा, सुल्फा, भाँग जस्ता नशाको आदि भएको र कोराना लकडाउँनमा नशा गर्नको लागि पैसाको कमि भएको हुँदा यस्तो जंजिरमा बाधिन पुगेको बतायो ।

प्रशासनको हातमा गएको केश छुडाउन त्यति सहज त थिएनन् तर केही सहयोग गरि निकालौं भनेर चौंकी इन्चार्जसँग वार्ता गर्दा काले एउटा मोबाईल मात्र नभएर शहर भित्र चोरी भएका अन्य केशहरुमा पनि संलग्न भएको हुँदा हामीले सोधपुछ गर्न बाँकी छ, भनिसकेपछी हामी त्यहाँबाट फर्कियौं ।

हामी चौकिको गेटनिर पुगेका थियौं । पछाडीबाट कालेले अंकल भन्दै आवाज लगायौ ।

हामी जान लागेका छौं, केही काम छ ?

मलाई एक बंडल बिडि ल्याई दिनुन ।

बाबु यहि बिडिको नशाले तिमिलाई यहाँसम्म पुर्यायो अब तिमिले सबै प्रकारका नशा छोडेर हिज बिहानको काले बन्नु पर्छ ।

अंकल मेरो गल्तिको सजा मैले भोगिरहेको छु, यहाँदेखि मुक्त भएपछि म हिंज कै काले बन्छु तर अहिलेको साथी बिडिभन्दा अरु कोहि छैनन् ।

बिहानदेखि पुलिसले पिटेका निला डाम देखाउँदै रुन लाग्यो । काले रोएको देख्दा आत्मले स्वीकार नगर्दागर्दै पनि एक बंडल बिडि, केही फलफुल र साँझको खाना दियौं ।

तिमिले गरेको गल्तिलाई पश्चताप गर्ने ठाउँ यो भन्दा अन्त छैन, यहाँबाट बाहिर निस्केपछि हामीसँग सम्पर्कमा आउँनु भनेर बिदा भएका थियौं ।

कालेको परिवारसँग सम्पर्क गरि सबै जानकारी दियौं, तर उ चार वर्षदेखि घरमा नगएको र परिवारसँग सम्पर्कमा पनि आएको थिएन । पछि कालेसँग जेलमा सम्पर्क गरि सोधपुछ गरेको थिएँ, अझै केही दिन उसले जेलको सजा काटन पर्दोरहेछ ।

अंकल म बाहिर निस्केपछि अब कहिल्यै गलत बाटोमा हिड्ने छैन । मलाई अहिले ठूलो पश्चताप भएको छ । भन्दै ५ मिनेटको भेट पछि अहिले उसको दिनचर्या कसरी बितेछ भेट हुनसकेको छैन ।

यो लेख कालेले बिताएको दिनचर्याबाट हिंजको काले आज जंजिरमा किन बधियो ? यस्ता क्रियाकलाप भनेका गलत रहेछन्् भन्दै काले जस्ता अन्य काले यो बाटोमा नहिंडुन् भन्ने नै हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार